माल्दिभ्समै बन्यो नेपाली म्यजिक भिडियो । भिडियो सहित
भोला अधिकारी
काठमाडौं, । बैदेशिक रोजगारीको शिलशिलामा प्रबाशमा रहेका नेपालीहरुले उत्कष्ट म्युजिक भिडियो निर्माण गरेका छन् । कास्की, नवलपरासी, पाल्पा, रुपन्देही, लगाएतका जिल्लामा स्थायी घर भएका कलाकारहरुले उत्त गीत निकालेका हुन । उनीहरु हाल माल्दिभ्समा रहेर भएपनि आफ्नो रोजगारी संगसंगै कलाकारिता क्षेत्रलाई पनि अगाडी बढाईरहेका छन् ।
मुना थापा मगरको पहिलो प्रस्तुतिमा रहेको कठै मेरो कर्म लाङ्घाली म्यजिक बाट भर्खरै मात्र बजारमा आएको छ । एसपी राना मगर र टीका पुनको स्वरमा रहेको लोक गीतको म्युजिक भिडियो उनीहरुले नै माल्दिभ्सका विभिन्न रमणीय ठाउँहरुमा छायाँकन गरेका हुन् । छोटो समयमा युट्युवमा धेरैले रुचाएको यस म्युजिक भिडियोको निर्माण पक्ष निकै सबल रहेको दर्शकहरुको प्रतिकृया छ । उक्त म्युजिक भिडियोका निर्देशक तथा छायांकन खेम सारु मगरे आफुले गीतको भावअनुसारको निर्देशन गर्ने गरेको बताए । प्रवासमा पनि निकै प्रतिभाशाली कलाकारहरु रहेको भन्दै उहाँले यस गीतमा अभिनय गर्ने कलाकारहरुको अभिनयको खुलेरै प्रशंसा गरेका छन् ।
उक्त म्यूजिक भिडियोमा रियान सारु,सपना सुनार,आश गुरुङ , अभिनय गरेका छन् । रियान सारु मगरले अरु म्युजिक भिडियो भन्दा निकै मार्मिक रहेको बताए भने मोडेल सपना सुनारले नेपाली गीतमा जस्तो रमणीय दृष्य अन्य गीतहरुमा कमै मात्र प्रयोग हुने भएकाले एकचोटी म्युजिक भिडियो हेर्न सबैलाई आग्रह गरेकि छिन् । यस्तै गीतमा शब्द,लय मुना थापा मगरको छ ।https://www.youtube.com/watch?v=h-2kqKQUzTM