पत्रकार एमपीद्धारा निर्देशित “ ए साईला ” म्युजिक भिडियो सार्वजनिक
काठमाडौं, ४ बैशाख । केहि समय अघि हेमन्त रानको साइली बोलको गीत निकै हिट भयो ।जनजनको मुखमा चालिस कटेसी रमाउला भन्ने शब्द नै झुन्डिएको थियो । त्यस्तै यतिखेर सांगीतिक बजारमा साँइला–साँइलीको चर्चा बजार तातेको छ,। अनिला राईको आवाजमा रहेको यो गीतले बजारमा डेरा जमाउन थालेको छ । हिजो काठमाडौंमा एक कार्यक्रकका बीच “ए साँइला ”बोलको गीत सार्वजनिक भएको छ । यस गीतले प्रदेशिएका साँइलाहरुलाई यसरी गीतमार्फत सम्झिेकी छन् जबकि, यो गीत तथा भिडियो हेरे÷सुनेपछि हरेक साँइलाहरुको मन पगाल्ने गायिका अनिला राईले बताईन् ।
टेलिभिजन र यु–ट्युबमार्फत एकसाथ रिलिज गरिएको यस गीतमा आफू गाउँघरमा घाँसपात गर्दै प्रदेशिएका आफ्ना साँइलालाई प्रेमभावपूर्ण सम्झिएको छ । उक्त म्युजिक भिडियोलाई रंग पत्रकार एमपी सुब्बाले निर्देशन गरेका छन् । यो गीत आफुलाई मन परेको कारण निर्देशन गरेको एमपी सुब्बाले बताए । यस भिडियोमा साँइलीको भूमिकामा मोडल तथा अभिनेत्री निशा लिम्बू पोमुलेले अभिनय गरेकी छन् भने अभिनेता दिक्पाल कार्की प्रदेशिएका साँइला बनेका छन् । गीतको भावअनुसार निशा र दिक्पालले जीवन्त अभिनय गरेका छन् । थुप्रै म्युजिक भिडियो तथा केही नेपाली चलचित्रमा अभिनय गरिसेकी निशाले यस भिडियोबाट धेरै अपेक्षा गरेको सुनाइन् ।
भिडियो रिजिलकै दिन शनिबार आफ्नो जन्मदिन मनाएकी निशाले भनिन्, ‘यो भिडियो मेरो लागि विशेष बनेको छ । र, यस भिडियोबाट मेरो मोडलिङ करिअरमा धेरै अपेक्षा पनि गरेकी छु ।’ निशालाई कार्यक्रममा जन्मदिनसँगै भिडियोको सफलताको लागि शुभकामना दिनेहरुको भीड लागेको थियो । यस भिडियोमा निशा र दिक्पालका अलावा पत्रकार कुबेर गिरिलगायतको अभिनय हेर्न सकिन्छ ।
फोटो पत्रकार तथा म्युजिक भिडियो निर्देशक समेत रहेका नविनबाबु गुरुङको छायांकन रहेको ‘ए साँइला’ को शब्दरचना हेमकुमार राईले गरेका हुन् भने संगीत डक्टर किरातको रहेको छ ।https://www.youtube.com/watch?v=wRDgMCRNs64