काठमाडौ । नेपाली सुगम संगीतमा युवा पुस्ता भित्रिने क्रम जारी छ । यसै क्रममा नव गायक सन्तोस थुलुङ राई पनि सुगम संगीतमा आएका छन् । प्रतिक्षा नामक एल्वमको तयारी गरिरहेका सन्तोस राई निकै दमदार तरिकाले आउन लागेका हुन् ।
उत्त एल्वममा ६ वटा गीत समावेश गरिने सन्तोसले बताए । एल्वमका गीतहरुमा अहिले कि व्यस्त गायिका मेलिना राई ,मेनुका राईका अलवा सन्तोस कै स्वर रहेको छ । ५ वटा गीतमा सनम पुरुषको संगीत रहेको छ भने अर्को १ गीतमा कुमार विसी को रहेको छ ।
पुर्वाञ्चलको इटहरी घर भएका गायक सन्तोसले इटहरी कै पुर्वाञ्चल संगीत विद्यालयबाट संगीत सिकेका हुन् । पुर्वमा हुने विभिन्न कार्यक्रमा गीत गाउदै आएका सन्तोस एल्वम निकाल्न लागेका हुन । निकै मिठो स्वरका धनि सन्तोसको यो पहिलो एल्वम हो । सन्तोस भन्छन् यस गीतमा सबै गीत राम्रा छन् ,सायद सफल हुन्छु भन्नेमा आषाबादी लागेको छ । उत्त गीतको भिडियो मलेसियामा र नेपाल मै बनाउने योजना रहेको सन्तोसले बताए । सन्तोस भन्छन् अव ,गीत,संगीत क्षेत्रमा निरन्तर साधना गरिरहने छु ।