हस्पिटालिटी क्षेत्रलाई लक्षित गर्दै आयोजना भएको फरक शैलीको ब्यूटि प्याजेन्ट ‘मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल’को उपाधि रेशम कुमाल र प्रमिला गुरुङले जितेका छन् । नेपाल भरबाट छानिएर २८ जना प्रतिस्पर्धी फाइनल राउन्डमा अन्य सहभागीलाई पछि पार्दै रेशम कुमाल र प्रमिला गुरुङले मिस्टर एन्ड मिस हस्पिटालिटी नेपाल २०७३ को उपाधी हात पारे।
त्यसै गरि फस्ट रनर अपमा राम गुरुङ र प्राथना गुरुङ पर्न सफल भए भने सेकेन्ड रनर अपमा रन्जन सिंह राई र रेजिना ियोगिताको बिजेता युवा र युवतीलाई नगद ७५/ ७५ हजार रुपैयां बराबरको पुरस्कार संगै तारे होटलमा जागिरको ग्यारेन्टी समेत दिइएको छ । त्यस्तै फस्ट रनरअपलाई ५०/५० हजार र सेकेन्ड रनरअपलाई २५/२५ हजार रुपैयां बराबरको पुरस्कारसंगै जागिरको ग्यारेन्टी दिइएको बताइएको छ । आयोजकले विजेताहरुसंगै उत्कृष्ट १० जना सहभागीहरुलाई समेत तारे होटलमा जागिरको ब्यबस्था गरेका जानकारी दिएको छ ।
गुरुङले उपाधी हात पारे। आयोजकका अनुसार प्रत
अडिसनबाट फाइनलको लागी छानिएका सहभागीहरुका लागि २२ दिनको बन्द प्रशिक्षण राखिएको थियो। सो क्रममा विभिन्न होटलका संचालक, सेफ तथा म्यानेजर र सम्बन्धित श्रेत्रका बिज्ञहरु संग उनीहरुलाई अन्तरक्रिया गराईएको थियो । यो बीचमा सहभागीहरुले हस्पिटालिटी क्षेत्रको बारेमा धेरै ज्ञान लिन सक्ने अबसर पाएको कार्यक्रम संयोजक सैलेश शाहीले बताए ।
एपी इन्टरटेन्मेन्टले आयोजना गरेको ‘मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल’ प्रतियोगिता अन्य ‘ब्यूटि प्याजेन्ट’को तुलनामा फरक शैलीको भएको आयोजक संस्थाका निर्देशक अर्जुन पाण्डेले दाबी गरेका छन् । प्रतियोगितालाई कान्तिपुर टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेजले मुख्य प्रायोजन गरेको थियो । ग्राण्ड फिनालेको निर्णायकमा पाईलट तथा कलाकार बिजय लामा, गायक कर्णदास, कान्तिपुर होटल टुरिजम होटल म्यानेजमेन्ट कलेजका चियरमेन राम कोडान्डा, पोखरा लिङ्कन इन्टरनेशनल कलेजकी फाउन्डर प्रिन्सीपल पम्फा गुरुङ, होटल टुकी रिर्सीटका रेसिडेन्ट म्यानेजर धुव्र शर्मा, होटल बाटिकाका संचालक सन्तोष पोख्रेल र न्यू ग्लायलेक्सीका प्रिन्सिपल रामजी शर्मा रहेका थिए