न्यानो स्पर्शले बाल आश्रममा मनायो पहिलो वार्षिकउत्सव
न्यानो स्पर्श सधै सबैका लागि फाउन्डेसन पुर्बाञ्चल समुहले हिजो आफ्नो पहिलो वार्षिकउत्सव इटहरी महानगपालिका अन्तर्गत एकता चोकमा अबस्थित गिता गौतम द्वारा सन्चालित बाल आश्रममा भब्य रूपमा मनाएको छ।
कार्यक्रममा आश्रममा रहेका बालबालिकासंग रमाइलो गर्दै बालबालिका देशका भबिस्यका कर्णधार हुन बाल बालिकालाई स्वाभिमान, नैतिक शिक्षा दिनु पर्छ भन्दै न्यानो स्पर्श पुर्बाञ्चल समुहले बाल बालिकालाई लत्ता कपडा, खाध्यान्न समाग्री सहयोग गरेको थियो। समाजिक सञ्जाल मार्फत मन वचन र कर्मले समाजिक सन्जाल लाई सहि सदुपयोग गर्दै देशका लागि केही गरौ गर्नु पर्छ, भन्ने युवा युवतीद्वारा युबाको एकता देश बिकाशमा हाम्रो सहभागिता भन्ने नारा सहित कार्यक्रम फाउन्डेसनका सक्रिय सदस्य सुशील भट्टराईले सन्चालन गरेका थिए भने कार्यक्रममा न्यानो स्पर्शका पुर्बान्चल समूह सक्रिय सदस्यहरु बिनोद कोइराला, संजय पौडेल,सुश्री रुना पौडेल, कन्चन सङ्रौला, हेमा आचार्य, लक्की खान, दिनेश कार्की, बिबेक भुजेल, प्रशान्त सिह, धेरैको बाक्लो उपस्थिती थियो, बाल आश्रम सन्चालिका गिता गौतमले न्यानो स्पर्श फाउन्डेसनले गरेका रचनात्मक काम, सहयोग प्रती कृतज्ञता प्रकट गर्दै आगामी दिनहरुमा पनि यस्तै रचनात्मक कार्य गर्दै जाओस, उत्तरोतर प्रगती होस भन्दै न्यानो स्पर्श सधै सबैकालागीलाई सुभकामना समेत व्यक्त गरिन ।