Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

दोलखामाा नेकपा एमाले र माओबादी केन्द्रका कार्यकर्ता झडप हुदा एक जनाको मृत्यु

 
दोलखा,  २७ वैशाख । चुनावको मुखैमा आएको बेला दोलखामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट वाइसिएलका कार्यकर्ताबीच झडप  झडप भएको छ ।  जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार मृत्यु हुनेमा एमाले कार्यकर्ता कुलबहादुर तामाङ रहेका छन् ।
                  चुनाव प्रचारका क्रममा गाउँ पुगेका उम्मेदवार खड्का र पूर्वराज्यमन्त्री एवम् माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य देवी खड्कालगायतको टोलीलाई ढुङ्गामुढासहित आक्रमण गरिएपछि दोहोरो झडप भएको थियो । झडपका क्रममा २ वटा मोटरसाइकलमा पनि आगजनी गरिएको छ । जुँगुमा केही दिनयता ‘टाइगर गुरुप’को नामबाट स्थानीय मतदाता तथा अन्य राजनीतिक दलका कार्यकर्तालाई धम्की दिने, चुनावी प्रचारको अभियानमा अवरोध गर्ने लगायतका गतिविधि बढेपछि सो समूहसँग आबद्ध व्यक्तिहरुलाई नियन्त्रणमा लिन प्रहरीलाई समेत उजुरी परेको थियो ।
                          मृतक तामाङ स्थानीय हुप्पा गाउँ निवासी हुन् । झडपका क्रममा गौरीशङ्कर गाउँपालिका–२ घर भएका एमाले कार्यकर्ता दिलबहादुर बुढाथोकी गम्भीर घाइते भएका छन् । घाइते बुढाथोकीलाई गएराति नै थप उपचारका लागि काठमाडौँ लगिएको छ । घाइते बुढाथोकी स्थानीय नीलकण्ठेश्वर उच्च माविका शिक्षक पनि हुन् । दोलखाको गौरीशंकर गाउँपालिका २ स्थित जुगुमा रहेको निलकण्ठेश्वर माविमा गत राती साढे ९ बजेतिर झडप भएको थियो । दोहोरो झडपमा परी नेकपा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षका उम्मेदवार भरत खड्कालगायत कार्यकर्ता घाइते भएका छन् ।
                       
                     त्यस विषयमा प्रहरीले आवश्यक कारबाही गर्नुअगावै माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच ज्यानै जाने गरी झडप भएको हो । मृतक तामाङ टाइगर गुरुपसँग आबद्ध भएको बताइएको छ । यद्यपि नेकपा एमाले दोलखाका नेताहरुले भने माओवादीले आफ्ना कार्यकर्तामाथि आक्रमण गरी ज्यान लिएको बताएको छ । घटनापछि जुँगुका मतदातामा त्रास फैलिएको छ भने व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget