Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

पारिश्रमिक माग्दा पत्रकार माथि धम्कि



विराटनगर बैशाख २८ । विराटनगर बाड न ९ रंगेली रोडमा सञ्चालित रेड एफ एम १०१ मेगाहर्जले पारिश्रमिक बापतको भुक्तानी कार्यरत पत्रकारहरुलाई नगरेको पत्रकारहरुले आरोप लगाएका छन । वि एण्ड वि प्रशारण प्रालीले आफुहरुलाई विभिन्न आरोप लगाएर पारिश्रमिक माग्दा व्यावस्थापक तथा निर्देशक हरि प्रसाईँ बाट गाली गलोज तथा अश्लिल बाक्य प्रयोग गर्ने गरेको जानकारी दिएका छन् ।आफुहरुले एफ एम  पैसा भुक्तानी गर्न नसकेको कारण अहिले सो एफ एम मा कार्यरत सुधा भारति , माधव काफले , दिपिका केशी , सोम दाहाललाई ४ महिना वापतको पारिश्रमिक नदिएको खुलासा भएको छ । पत्रकारहरुलाई विभिन्न बाहनामा झुक्याउने गरेको उनीहरुको आरोप रहेको छ । यस विषयमा जानकारी लिन खोज्दा रेडियो सञ्चालक युवराज धाडेवाले अनविज्ञता ब्यक्त गरेका छन । 

पारिश्रमिकको कुरा अगाडि बढाउदा आफु उच्च प्रहरीको आफन्त भएको र दिन अस्विाकार गरेका छन । पारिश्रमिक नदिएकै कारण  र महिला कर्मचारी प्रति व्यावस्थापकले  गर्ने व्यवहारका कारण आफुले रेडियो छोडेको पत्रकार रोशन पोखरेलले जानकारी  दिनुभयो । आफुहरुको मागलाई सुनुवाई गर्न र आफनो पारिश्रमिक बापतको रकम भुक्तानीमा पहल गर्न नेपाल पत्रकार महांसध मोरड शाखामा आफुले निवेदन दिएको पोखरेलले बताएका छन । 

यता विराटनगरवाटै प्रसारण हुदै आएको रेडियो मकालु १०२.१ मेगाहर्जमा समाचार संयोजकका रुपमा कार्य गरेका प्रसान्त निरौला र सहसंयोजकका रुपमा काम गरेका यज्ञ अधिकारीलाई पनि तवल नदिएको वताईएको छ । मकालु एफएममा काम गरेको वखत वाकी रहेको १० महिनाको पारिश्रमिक नदिएको पत्रकार निरौला र अधिकारीले आरोप लगाएका छन् । यो सम्बन्धमा नेपाल पत्रकार महासंघको मोरङ शाखामा निवेदन दिए पनि सुनुवाई नभएको पिडित पत्रकारले जानकारी दिए ।राप्रपा केन्द्रीय सदस्य प्रहलाद प्रसाद शाहद्धारा सञ्चालन भईरहेको रेडियोमा काम गर्ने सञ्चारकर्मीहरुले तलव नपाउने गरेको सो रेडियोमा कार्यरतहरुले वताएका छन् । परिश्रमीक नदिएको विषमा पत्रकार महासंघले छलफल गरी पारिश्रमिक दिने सहमति गरेका शाहले हाल सम्म पारिश्रमिक नदिएको गुनासो पिडित पत्रकारको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget