काठमाडौँ, २९ वैशाख । राप्रपाले सरकार छोडेपछि धराप स्थितिमा पुगेको प्रचण्ड सरकारले साना दलबाट मन्त्रि चुनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीलाई पद तथा गोपनीयताको शपथ आजै खुवाएका छन् ।
उत्त समारोहमा उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादव, शिक्षामन्त्री धनीराम पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव, नेपाल सरकारका सचिव र उच्च सरकारी अधिकारीको उपस्थिति थियो ।