आगोपाटी समाचारदाता, अमेरिका
ह्युनिभर्सल मानव धर्म,आइओवा शाखाको अायोजनामा,अमेरिकाको आइओवा राज्यको सुन्दर नगरी डिमोइनमा २५६१औं बुद्ध जयञ्ती आज मिति 13th May 2017 का दिन भव्यताकासाथ सम्पन्न भएको छ। अमेरिकाका बिभिन्न राज्यका सयौं हिन्दु,बाैध,तथा मानव धर्मावलम्बीहरूको भव्य र सभ्य उपस्थितिले बुद्ध जयञ्ती कार्यक्रममा भव्यताका साथ सम्पन्न भएको आयोजक समितिका प्रमुख एन.बी गुरूङले जानकारी दिनु भयो ।
दिउँसो १२
बजेदेखि अपरान्ह पाँचबजेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रममा स्थानिय
आइओवा, क्यान्सास, नेब्रास्का, टेक्सास, मिनिसोटा, लगायतका १२ भन्दा बढी
राज्यहरूबाट भगवान बुद्धले प्रतिपादन गर्नु भएका चिन्तन र अास्थाका
अनुयायीहरूको बृहत्त उपस्थिति रहएको थियो। उक्त अवसरमा विश्वशान्ति र
बन्धुत्वस्थापनामा लामोसमयदेखि वकालत गरिरहेकी महात्मा गार्गी बाइजीबाट
विशेष मनवता,विश्व शान्ति र विश्वबन्धसत्व मुखारित भएका बाणीले सरसिलो
धार्मिक प्रवचन गर्नु भएको थियो।सदाकाहार चर्चामा रहेका नेपाली भाषी भूटानी
वरिष्ठ भजन गायक टेक दुतराजबाट विभिन्न मार्मिक भजनहरू प्रस्तुत गरिएको
थियो भने अन्य थुप्रै कलाकारहरूले पनि भजन प्रस्तुत गरेका थिए।एन.बी
गुरूडद्वारा संचालित सो कार्यक्रममा खड्क गुरूडले स्वागत मनतव्य राख्नु
भाको थियो भने पुर्ण सिंग गुरूड,सह बहादुर गुरूड(S.B Gurung) इगल अधिकारी
(Eagle sir) र अन्य केही बिशिष्ट ब्यक्तित्वहरूले भगवान गौतम बुद्धको
बारेमा आफ्नो मन्तव्य राख्नु भएको थियो। कार्यक्रम भूटानी ढुकढुकीको
संयोजनमा नेपालको झापा जिल्लाको सुन्दर नगरी दमकमा रहेको पाथिभरा न्यूज़
अनलाईन बाट प्रत्यक्ष प्रसारण गरिएको थियो भूटानी ढुकढुकीका निर्देशक राकेश
काफ्लेले बताउनु भयो ।


