काठमाडौ । आज निर्वाचन आचारसंहिता विपरित भक्तपुरको गुण्डुमा सडक पिच गरिएको छ। मतदाता प्रभावित पार्ने नियतले सडक निर्माणको काम गरिएको भन्दै त्यसको सर्वत्र विरोध भएको छ।
सूर्यविनायक नगरपालिका(७ गुण्डुमा एमाले युवा नेता एवं पूर्वउद्योग मन्त्री महेश वस्नेतको रोहवरमा सडक पिच गर्ने काम भएको हो। निर्वाचनको २ दिन अगाडि प्रहरी प्रशासन र पूर्वमन्त्री बस्नेतको प्रत्यक्ष सहभागितामा सडक पीच भइरहेको हो। निर्वाचन आचार सहिंताको परिच्छेद ३ को १ मा नेपाल सरकार, सार्वजनिक संस्था र स्थानीय तहले वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएका बाहेक नयाँ नीति, योजना तथा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न, सञ्चालन गर्न र सो प्रयोजनका लागि जनशक्ति तथा स्रोत साधनको परिचालन गर्न वा गराउन नपाइने उल्लेख छ।
बस्नेतले नेपाल सरकारको बजेट खर्च भएकाले आचार संहिता नलाग्ने बताएका छन् । ‘स्थानीयका अनुसार निर्वाचनको मुखमा नै पूर्वगाविस अध्ययक्ष समेत रहेका बस्नेतले एमालेको प्रभाव देखाउन पिच गरिएको भन्दै आचारसंहिता उल्लंघन भएको बताएका छन्।