Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

निर्वाचन आयोगलाई धन्यवाद

काठमाडौँ, जेठ ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोग र निर्वाचनमा संलग्न सम्पूर्ण व्यक्तिलाई धन्यवाद दिनुभएको छ । 
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव तथा आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह र आयोगका सचिव गोपीनाथ मैनालीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आफूसँग गर्नुभएको भेटमा प्रधानमन्त्री दाहालले धन्यवाद व्यक्त गर्नुभएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । 

उक्त अवसरमा यही जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचनका लागि आयोगले गरिरहेको तयारीका बारेमा प्रधानमन्त्री दाहाललाई जानकारी गराइएको थियो । भेटमा वैशाख ३१ गते पहिलो चरणमा सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षासमेत भएको थियो । डा यादवले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित तवरले सञ्चालन गर्न सरकारबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्नुभएको थियो । रासस

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget