देशैभरिको अडिसनबाट सय जना प्रतियोगीहरु छानिएका थिए । उक्त प्रतियोगीहरुलाई काठमाडौंमा ल्याईएको थियो । उनीहरुलाई आयोजक संस्थाले निःशुल्क खाने, बस्ने ब्यावस्था गरिरहेको छ । देशका विभिन्न स्थानमा छरिएर रहेका अनि लुकेर बसेका प्रतिभहरुलाई एकै ठाउँमा समेटि ती प्रतिभाहरुलाई निखारि बाहिर ल्याउने र राष्ट्रियस्तरमा उनीहरुको प्रतिभा पु¥याउने उद्देश्यले संचलनका ल्याईएको ‘लेट मी डान्स नेपाल’ प्रतियोगीताका आयोजक तथा संस्थाका अध्यक्ष क्षेणुप लामाले बताए ।
‘ लेट मी डान्स नेपाल’को ‘सिजन–२’ मा टप ५० बाट टप २५, टप १५ हुँदै टप ११ मा आईपुगेको । जसमा दाङबाट खिमा काउचा मगर, काभे्रबाट दीपा तामाङ र पुसम गिरी, म्याग्दीबाट विष्णु मगर, धादीङबाट योगेस श्रेष्ठ, ललितपुरबाट अभिषेक महर्जन, झापाबाट सामारिका ढकाल, मोरङबाट स्वास्तीका भेटवाल, सुनसरिबाट विकी घिमीर, उदयपुरबाट विवेक घतानी र काठमाडौंबाट सुदीन खड्का रहेका छन् ।
लेट मी डान्स नेपाल’ प्रतियोगीता ‘सिजान–२’ का जर्जहरु नृत्य निर्देशक जोगेन्द्र केसी, नायिका मेलिना मानन्धर र नृत्य निर्देशक तथा गायक प्रेम लामा रहेका छन् । प्रतियोगीताको फाईनल यहि जेठको अन्तिममा हुनेछ । ११ प्रतियागीबाट टप ७ छानिने छ र अन्तिम फाईनल टप ७ बाट नै हुने आयोजकले बताएको छ । प्रतियोगीताको फाईनलमा ७० प्रतिशत भोटको आधारमा र बाँकि ३० प्रतिशत जर्जको निणयमा हुने छ ।
प्रतियोगीतामा विजेता हाँसिल गर्नेले रु पाँच लाख पुरस्कार प्राप्त गर्ने छ । कार्यक्रमलाई फरक–फरक दिनमा र फरक–फरक समयमा नेपाल टेलिभिजन, हिमालयन टेलिभिजन र नेपाल वान टेलिभिजनबाट प्रशारण गर्दै आएको छ ।