आगोपाटी समाचारदाता, अमेरिका
ह्युनिभर्सल मानव धर्म,आइओवाको अायोजनामा अमेरिकाको आइओवा राज्यको सुन्दर नगरी डिमोइनमा २५६१औं बुद्ध जयञ्ती भव्यताकासाथ मनाइने भएको छ । अमेरिकाका बिभिन्न राज्यका सयौं हिन्दु,बाैध,तथा मानव धर्मावलम्बीहरूको भव्य र सभ्य उपस्थितिमा बुद्ध जयञ्ती मनाउने तयारी रहेको कार्यक्रम आयोजक समितिका प्रमुख एन.बी गुरूङले जानकारी दिनु भयो । मेइ महिनाको १३ तारिक शनिबार दिउँसो १२ बजेदेखि अपरान्ह पाँचबजेसम्म सञ्चालन गरिने उक्त कार्यक्रममा स्थानिय आइओवा, क्यान्सास, नेब्रास्का, टेक्सास, मिनिसोटा, लगायतका १२ भन्दा बढी राज्यहरूबाट भगवान बुद्धले प्रतिपादन गर्नु भएका चिन्तन र अास्थाका अनुयायीहरूको बृहत्तर उपस्थिति रहने उक्त कार्यक्रमका मिडिया पार्टान रहेको भूटानी ढुकढुकीका निर्देशक राकेश काफ्लेले बताउनु भयो । उक्त अवसरमा विश्वशान्ति र बन्धुत्वस्थापनामा लामोसमयदेखि वकालत गरिरहेकी महात्मा गार्गी बाइजीबाट विशेष मनवता,विश्व शान्ति र विश्वबन्धसत्व मुखारित भएका बाणीले सरसिलो धार्मिक प्रवचन गर्नु हुने कार्यक्रम रहेको पनि बताइएको छ । सदाकाहार चर्चामा रहेका नेपाली भाषी भूटानी वरिष्ठ भजन गायक टेक दुतराजबाट विभिन्न मार्मिक भजनहरू प्रस्तुत हुने छने भने स्थानीय कलाकारहरूले विशेष प्रस्तुतिहरू दिने पनि अायोजकले जनाएको छ । कार्यक्रम भूटानी ढुकढुकीको संयोजनमा नेपालको झापा जिल्लाको सुन्दर नगरी दमकमा रहेको पाथिभरा न्यू नलाइनबाट प्रत्यक्ष प्रसारण हने भएकाले स्थलगत र अन्लाइनमा उपस्थित हुनका निम्ति समस्त महानुभाव भक्तजनहरूलार्इ विशेष अनुरोध गरिएको जनाइएको छ ।