Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सरकारले टीकापुर लगायत तराईरमधेशका मुद्धा फिर्ता लिने ।


काठमाडौ । आज गृहराज्यमन्त्री ईन्द्र बानियाँले सरकारले टीकापुर लगायत तराईरमधेशका आन्दोलनलाई राजनीतिक घटनाको रुपमा लिएकोले मोर्चाका मागअनुसार नै सबै मुद्दा फिर्ता लिने स्पष्ट पारेका छन्। बानियाँले मधेशी मोर्चालाई दोस्रो चरणको निर्वाचनमा सहभागी गराउनको लागि सरकार स्थानीय तहको संख्या थप्न पनि तयार रहेको स्पष्ट पारे।
                                उनले भने,‘तराई–मधेश पनि नेपाल नै हो नि, संख्या थप्न के को आपत्तिरु हामी संख्या थप्न तयार छौं।’रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा राज्यमन्त्री बानियाँले सरकारले चाहेको खण्डमा मुद्दा फिर्ता लिन सक्ने भएकोले तराई÷मधेश र थरुहट आन्दोलनमा लगाइएका मुद्दाहरु फिर्ता लिने बताएका हुन्। मन्त्री बानियाँले भने,‘सरकारले मुद्दा फिर्ता लिन्छ, यो सरकारको अधिकारको कुरा हो, हिजो माओवादी सशस्त्र युद्धको बेलामा त राज्यले धेरै मुद्दा फिर्ता लिएको इतिहास छ, त्यसैले सरकारले मुलुकमा शान्ति, अमनचयन स्थापित गर्नको लागि आवश्यकताको सिद्धान्त अनुसार मुद्दा फिर्ता लिन सक्छ, जसले विरोध गरेपनि अब मुद्दा फिर्ताको प्रक्रिया अघि बढिसक्यो, अब रोकिँदैन मोर्चाका माँग अनुसार सबै मुद्दा फिर्ता हुन्छ।’
    उनले कांग्रेस र माओवादी केन्द्रको तालमेललाई लिएर एमालेले गरेको टिप्पणीपनि अशोभनीय भएको बताउँदै एमालेले राप्रपासँग गरेको तालमेल बरु शंकाको घेरामा रहेको आरोप लगाए। उनले भने,‘सक्रिय राजा चाहियो भन्ने राप्रपासँग एमालेले एकता गरेको छ, यो के हो रु सबैलाई यो कुरा राम्रोसँग थाहा छ।’ त्यस्तै उनले अब हुने दोस्रो चरणको निर्वाचन एमालेले नचाहेको समेत आरोप लगाए।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget