घात पछि सानुको युनिक गीति एल्वम सार्वजनिक (भिडियोे सहित)
काठमाडौं ,२२ बैशाख । लामो समय देखि गीत लेखनमा सक्रिय रहेका सानु तिवारीको ‘युनिक’नामक एल्वम सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि एल्वम सार्वजनिक गरिएको हो । एल्वममा एक धरको सिन्दुर, जवानीमा , भोजपुर जिल्ला , सिमसिम लगायत पाँच गीत समावेश गरिएको छ । सवै गीतमा डीजराज पौडेलको स्वर र सङ्गीत रहेको छ । भने उत्त गीतको सङ्गीत संयोजन रामकार्कीले गरेका हुन । यो गीती एल्वम सानुको ‘युनिक’ पहिलो एल्वम हो ।
एल्वममा रहेको गीतमध्ये ‘एक धरको सिन्दुर’को भिडियो पनि एकै दिन सार्वजनिक गरिएको छ । भिडियोमा ईश्वर, श्रृष्टि र नवीनले अभिनय गरेका छन् । किशोर अनुरागको निर्देशक रहेको भिडियोलाई शिव पंगेनीले खिचेका हुन् । प्रायः मधुर गीत लेखनमा आफूलाई सक्रिय बनाएका सानुले चलचित्रहरुमा पनि गीत लेखेका छन् । सार्वजनिक समारोहमा अतिथिहरुले उनलाई शुभकामना तथा बधाई दिएका थिए ।
वि।सं २०६४मा ‘घात’ गीतिसङ्ग्रह बजारमा ल्याएका सानु भोजपुर तिवारी भञ्ज्याङ् का स्थायी बासिन्दा हुन् । विभिन्न समाजसेवामा पनि आफूलाई उपस्थिति गराउँदै आएका छन् । सानुले व्यवसायमा ब्यस्त हुँदा हुँदै पनि गीती लेखनमा आफूलाई सक्रिय राख्दै आएको बताए ।https://www.youtube.com/watch?v=nvCSo0nbwh0