धनपति’को फस्टलुक सार्वजनिक,यस्ता देखिए खगेन्द्र
काठमाडौं,२७ बैशाख | ,दीपेन्द्र के खनालद्धारा निर्देशित चलचित्र ‘धनपति’को फस्टलुक सार्वजनिक भएको छ । पशुपति प्रसादको व्यवसायिक सफलतापछि टुकी आर्ट्स प्रा।लिले दीपेन्द्र के खनाल प्रोडक्सनसँगको सहकार्यमा यो चलचित्र निर्माण गरेको हो ।
खगेन्द्र लामिछानेको लेखन तथा शीर्ष भुमिका रहेको चलचित्रमासुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतको अभिनय देख्न सकिन्छ । सुर्य थोकरको द्धन्द्ध, , आधासुरको संगीत रहेको चलचित्रका निर्माता रोजिना सिटौला, सह–निर्माता रजना नापित, समीर देवकोटा ओम गुरुङ हुन् । राजनीतिक विरासत बोकेको सानाकाजी उर्फ धनपती द्वन्द्वको चपेटामा परी पूर्वी तराईबाट राजधानी आएर बसेको छ ।
गर्जो टार्नका लागि सानो रेष्टुरेन्टमा काम गर्ने अलावा उ सँग अन्य आयस्रोत छैन । इमान बेच्न नचाहने स्वाभिमानी छ । छोरीलाई बोर्डिङ स्कुलमा पढाउन चाहन्छ । यस्तै कथामा बनेको छ चलचित्र ‘धनपति’ । आफ्नो निर्देशकिय जीवनमा सबैभन्दा बढी दुःख गरेर बनाएको चलचित्र ‘धनपति’ भएको निर्देशक दीपेन्द्रले बताए ।