Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

भोलाद्धारा निर्देशित “दक्षिणकाली माई” म्युजिक भिडियो सार्वजनिक ।

काठमाडौ । बुद्ध ब. खत्रीको लोक दोहारी गीतको म्युजिक भिडियो “दक्षिणकालीमा माई ” सार्वजनिक भएको छ । काठमाडौमा एक कार्यक्रमका विच उत्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा विरु लामा ,अनिता खत्री ,बुद्ध खत्री ,मनिषा कोईराला को आवाजमा रहेको छ ।
                             गीतलाई भोला अधिकारीले शब्द लेखेका हुन भने लय बुद्ध ब. खत्रीले गरेका छन् । उत्त भिडियोमा बर्षा कार्की ,देव तामाङ, प्रदिप खड्गी,भोला अधिकारीको अभिनय रहेको छ । गीतलाई काठमाडौ आसपासमा छायाँङकन गरिएको छ ।  गीतमा माया प्रेमका कुरा समेटिएको छ ।
                                       आफ्नी प्रेमिकालाई आफुलाई जुराईदिन दक्षिणकाली माईसँग भाकल गरिएको कुरा छ । गीत धेरै पहिला रेकर्ड गरेको भए पनि म्युजिक भिडियो भर्खर छायाँङकन गरिएको गायक बुद्ध खत्रीले बताए । उत्त गीतलाई भोला अधिकारीले नै निर्देशन गरेका छन् भने सागर गौतमले छायाँङन गरेका छन् । गीतलाई पुर्वेली जुनतारा म्युजिक प्रा.ली.ले बजार व्यवस्थापन गरेको छ । https://www.youtube.com/watch?v=QJlfRjNLMfI

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget