Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

उपत्यका फर्कदै ‘काउसो’

         
काठमाडौ । मदन घिमिरे निर्देशित २६ औं चलचित्र काउसोको काठमाडौ बाहिरको छायाँङन भईरहेको छ । केहि गीतहरुको छायाँङन पनि उतै गरिएको छ । हाँस्य प्रधान रहेको उत्त फिल्मका आधाआधि दृश्यको उपत्यका बाहिर खिचि सकिएको निर्देशक घिमिरेले बताए ।
                अर्नभ फिल्मस् पोडक्शनको दोश्रो प्रस्तुती चलचित्र ‘काउसो’को सिन्धुलीको खुरकोट, बिपि मार्ग लगायतका स्थानहरुको छायाँकन सक्काएर शुक्रबार उपत्यका फर्कने छ । ‘काउसो’मा सविन श्रेष्ठ, अर्जुन गुरुङ, सनि भट्टराई, शान्ताकारम थापा, सुरेन्द्र चापागाई, रामचन्द्र अधिकारी, उग्रशेन ढुंगाना, नविन आचार्य, गौतम भण्डारी, अनु पराजुली, वाल कलाकार असिम तिमल्सिना आदिको अभिनय रहनेछ ।
                           ‘काउसो’का प्रस्तुतकर्ता अर्नभ वस्नेत हुन भने गीत, कथा, निर्देशक मदन घिमिरे, निर्मातामा सिताराम तिमल्सिना ‘ज्याक’, भगवान खत्री, पटकथा, सम्वाद भोजराज देवकोटा, संगीत विकास चौधरी, छायाँकन रामेश्वार हुमागाई, प्रोडक्शन डिजाईनर सूर्य बुढाथोकी रहेका छन् । एक दर्जन चलचित्रमा नायकको रुपमा काम गरिसकेका राजेन्द्र वस्नेतको सकृयतामा निर्मित चलचित्र ‘काउसो’को बाँकी छायाँकन उपत्यकाको विभिन्न स्थानमा हुने निर्माणपक्षले जनाएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget