Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

प्रेमगीत २ को कभर गायन प्रतियोगिता सुरु



विराटनगर ६ जेष्ठ । साउन १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रेमगीत २’ शिर्ष गीतको कभर प्रतियोगीता आयोजना गरिएको छ । चलचित्र निर्माण कम्पनी आशुसेन फिल्मस्ले केही दिन अगाडि युटुबमा सार्वजनिक भएको ‘कहानी यो प्रेमगीतको’ बोलको गीतको कभर प्रतियोगीता आयोजना गरेको हो । रोहित जोन क्षेत्री र श्रेया सोताङको आवाज, अमृत महरठ्ठाको शब्द र कल्याण सिंहको संगीत रहेको यो गीतको कभर विश्वका जुनसुकै स्थानबाट पनि गाएर पठाउन सकिनेछ ।

प्रतियोगीहरुले गीत गाउँदा जुनसुकै म्यूजिकल इन्स्टुमेन्ट, भिडियो रेकडिङ डिभाइस वा हाइलाइट्सको युटुब च्यानलमा उपलब्ध म्यूजिक ट्रायकलाई डाउनलोड गरेर प्रयोग गर्न सक्नेछन् ।’

प्रतियोगीहरुले वैशाख १८ गतेबाट असार २० गतेसम्ममा गीत पठाइ सक्नुपर्नेछ । निर्माता सन्तोष सेनले नयाँ प्रतिभालाई प्रोत्साहन दिन आफूहरुले कभर गीत प्रतियोगीता आयोजना गरेको बताए ।

उनका अनुसार, प्रतियोगीहरुले पठाएको भिडियो असार ३० गतेबाट युटुब च्यानलमा अपलोड गरिनेछ । विजेताको घोषणा भदौ १ गते गरिनेछ । हाइलाइट्स नेपालको च्यानलमा अपलोड गरिएका गीतको भ्यूजका आधारमा १० जना र वाइल्ड कार्ड इन्ट्रीका माध्यमबाट ५ जनालाई अन्तिम प्रतिस्पर्धामा लगिनेछ । अन्तिममा मुल्यांकनकर्ताहरुको निर्णयहरुको आधारमा एक जना महिला र एक जना पुरुषलाई विजेता घोषणा गरिनेछ । उनीहरुले, जनही १—१ लाख रुपैयाँ पुरस्कार पाउने निर्माता सेनले बताए । कार्यक्रम पत्रकार महासंघ विराटनगरमा भएको थियो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget