Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मेरो हजुरबुवा प्रधानमन्त्रि भएको भए

नबिन पोखरेल 

हातमा कोदाली साथमा जाँगर बोकेर हिड्ने मेरो हजुरबुवा पेशाले किशान हुनुहुन्छ |कोदाकोले उठाएको ठेलाले मेरो हजुरबुवाको हात गलेको होइन झन् दरो भयको छ|बाझो जमिन खोश्रीने तागत भएको हजुरबुवा उब्जानीमा ध्यान मग्न रहनु हुन्छ |देशको प्रमुख पदमा पुगेका प्रधान मन्त्रि खासै उपलब्धि मुलक काममा लागेको देखिदैन यता हजुरबुवा खेत छाड्न चाहनुहुन्न |
बास्तबमा देश नै एउटा खेत हो ,यो खेतको जिम्मा लिएका प्रधानमन्त्री देशकै हजुरबुवा पनि हुन |तराइ भेगमा आफ्नै जमिनमा पाइला पर्दा साँप ,किरा कराएको आनुभुतिले म तर्सिन्छु तर हजुरबुवा तर्सिनु हुन्न ,हजुरबुवाले कान नै कम सुन्नुहुन्छ |प्रधानमन्त्रीको श्रवन शक्ति भएर पनि निमुखाको आबाज दबिन्छ यहा |
राजधानीमा पानि पर्ला भनेर छाता बोक्छु म तर हजुरबुवाले कैयौ असिना, पानि अनि घाम संग जुधेको सम्झनुहुन्छ | उहाको मुखले हैन चाउरी परेका छालाले सफाइ दि रहेको भान हुन्छ | साझ पख खेत बारी धाउदा भुत जस्तो आकृति देखेर हामि जवान नातिहरु झस्किएका पनि छौ उहा झस्कनु भएन कयौ पटक तेस्ता बुख्यचा आफैले राख्नी गर्नु भएको रहेछ | उहाले बारम्बार भन्नुहुन्छ आखामा छारो हाल्ने किसिमले काम गर्नुहुन्न,तर राजनीति खै कस्तो किसिमको खेति हो छारोमा आखा हो कि आँखामा छारो |
टन्टलापुर तराईको घाममा बोटबिरुवालाइ आफ्नै छोराछोरी मानेर हजुरबुवा बारम्बार खेतमा धाउनु भयो | काठमाडौँ खाल्टोबाट प्रधानमन्त्रीले आफ्नो देशको कताको उत्पादन हेर्नुभयो ,जनताको सम्भावना केर्नु भयो ,अदृश्य छ भन्दा अचम्म मान्नु पर्ने स्थिति खासै छैन जस्तो लाग्छ | सरकारी भाषामा सजिलो नै रहेको उखुखेती गर्नलाइ अफ्ठेरो | उखु नरूप्नु भन्दा सिजन उखुको सिजनमा अरु लगाउनु उचित भएन 
रोप्न लाग्यो रोप्ने मान्छे नपाइने ,बिउ खाधको समस्या,सप्रने वा किराले खाने त छदै छ | अन्त्यमा काटेपछि गाडामा सुक्दैगर्दा मेलमा लग्ने ट्रकको आभाब | अझ मुलत मध्य तराईको किसानले उखुको पैसा अर्को उखुको सिजनमा पाएको उदहारण ताजै छन् | यदि तपाई बिजनेसको बिधार्थी हो या सामान्य हिसाब किताब वा मानवताको केहि अंश भएको ब्यक्ति हुनुहुन्छ भने स्पस्ट रुपमा हेर्नुस कती गारो रहेछ किसान बर्गलाइ | हजुरबुवाले उखुको भाउ नपाउने ,पसलमा पसले भाउ बढेको छ भनिरहने यस्तो चलखेलले कति ठुलो असर पार्छ न मैले व्यक्त गर्न सक्छु या यस्को सिमा नै छ |
यस्मा तपाइको पनि सरोकार छ किनकि तपाई पनि यही अन्न खरिद गर्ने मान्छे | ए .टि .एम .बाट निस्के जसरी पक्कै आउदैन नि | त्यो मेरो हजुरबुवा जस्ता कैयौ हजुरबुवाको श्रम ,मेहनत ,पसिनाको फल हो |कृषि क्रान्ति गर्न सक्ने क्षमता भएका पवरदारले यस्ता कुरामा ध्यान नदिदा देशको मुलत अर्थतन्त्रमा धक्का पर्छ |अर्थ संग जोडिएको शिक्षा ,स्वास्थ्यमा पनि असर पर्न जान्छ |त्येसैले मलाई लाग्दै छ आज भोलि मेरो हजुरबुवा प्रधान मन्त्रि भएको भए उहाको मेहनत ,इमान्दरिता ,जाँगरले देश कहाँ पुग्थ्यो | प्रधानमन्त्रि ज्यु ,पक्कै पनि तपाई हाम्रो हजुरबुवा बन्ने बेला आइसकेको छ   |
Labels:

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget