Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

दर्पण छायाँ २ कि नायिकाको अमेरिकामा कलेज लाइफ सुरु !

चलचित्र दर्पण छायाँ २ बाट नेपाली चलचित्रमा डेब्यू गरिकी नायिका साहारा कार्की अमेरिकाको कोलोराडोमा बस्दै आएकी छिन । सानै उमेरदेखि चलचित्रमा अभिनय गर्ने रुची राखेकी साहाराको रुची दर्पण छायाँ २ ले पुरा गरिदिएको छ । आफ्नै होम प्रोडक्शनमा निर्माण भएको चलचित्र ‘दर्पण छाया २’ रिलिज भईसकेको छ । रिलिज भए पश्चात दर्शकहरुबाट निक्कै माया अनि साथ पईरहेकी साहारालाई अर्को खुसी पनि थपिएको छ । १७ वर्षिया साहारा अमेरिकामै अध्ययनरत छिन । उनले आफ्नो उच्चशिक्षाको लागि अमेरिकामा कलेज लाइफ शुरु गर्ने भएकी छिन । इगलक्रिस्ट हाइ स्कुलबाट कक्षा १२ उतिर्ण गरि हाइ स्कुल डिप्लोमा लिईसकेकी साहराले यसै वर्षदेखि कोलोराडोस्थित कोलोराडो विश्वविद्यालय डेन्भरबाट आफ्नो उच्च शिक्षालाई सुचारु गर्ने योजनामा छिन  । छोटो समयमा चर्चाको शिखरमा पुगेकी नायिका सहाराले आफ्नो पढाईको साथै नेपाली चलचित्र  क्षेत्रमा रहेर काम गरिरहने संकल्प गरेकी छिन ।



 युवा पुस्ताहरुले रुचाएकी नायिकामध्ये साहारा पनि पार्छिन । उनको शारीरिक वनावट अनि नशालु आखाँको प्रशंसा गर्नेहरु पनि कम छैनन् । नेपाली संस्कृतिबाट टाडा अमेरिकामा हुर्केकी साहाराले नेपाली चलचित्र  दर्पण छायाँ २ मा प्रस्तुत गरेको सशक्त अभिनयले उनको हाइट बढाएको छ । आफ्नो हाइटलाई स्थापित गरिरहनुको लागि साहराले आफ्नो अभिनयलाई निरन्तर जारि राख्नु जरुरी छ ।

                                                                                                                                                                 शब्द:- हेम गिरी

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget