नेकपा एमालेले ‘नागार्जुन नगरपालीकाको रहर स्मार्ट सिटीको शहर’ भन्ने मुल नाराका साथ काठमाडौं जिल्ला नागार्जुन ४ को घरदैलो कार्यक्रम
भोला अधिकारी
काठमाडौ २२, बैशाख । नेकपा एमालेले ‘नागार्जुन नगरपालीकाको रहर स्मार्ट सिटीको शहर’ भन्ने मुल नाराका साथ काठमाडौं जिल्ला नागार्जुन ४ को घरदैलो कार्यक्रम आज बिहान सप्पन्न गरिएको छ ।
काठमाडौ नागार्जुनको पाटोल,लाम्थुम्की,शुभकामना टोल लगायतमा भएको घरदैलो कार्यक्रममा कार्यकर्ताको बाक्लो उपस्थिति देखिन्थ्यो । आज विहान ७ बजे देखि १२ बजेसम्म भएको घरदैलो कार्यक्रम पुन साँझ ५ बजे गरिने वडा अध्यक्षका उम्मेदवार करुण कुमार बलामीले जानकारी गराएका छन् ।
कार्यक्रममा एमालेका मेयरका उम्मेदवार कृष्णहरी खत्री,उपमेयर सुशीला अधिकारी वडा अध्यक्ष करुण कुमार बलामी सदस्यहरु सुशीला नेपाल (पौडेल),निरा गजमेर,विष्णुहरी भट्टराई,विश्वेश्वर ढुंगाना लगायत स्थानिय समाजसेवी व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । घरदैलो कार्यक्रमको आयोजनाका कोणसभालाई सम्वोधन गर्दै मेयरका उम्मेदवार कृष्णहरी खत्रीले नागार्जुनलाई नमुना शहरको रुपमा विकास गर्ने रहेको बताएका थिए ।