Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कमल थापाकै नेतृत्वमा मुलुकमा आर्थिक सम्बृद्ध हिन्दु राज्य र राजसंस्था स्थापना हुन्छ



अनिष्मा बस्नेत
स्थानीय तहको पहिलो चरणको निर्वाचनमा राप्रपाले जताततै बाट नराम्रोसगँ पराजयको परिणाम ल्याईरहेको बेला राप्रपाका प्रवास विभाग प्रमुख विजय खड्का भने यति बेला युरोपका विभिन्न देशका विदेश विभाग कार्य समितिका पदाधिकारिहरूसँग परामर्श संकलन गरिरहनु भएको छ ।
पहिलो चरणको निर्वाचन लगत्तै नेता खड्का युरोप भ्रमणका लागि प्रस्थान गर्नु भएको थियो ।
भ्रमण अवसरमा प्रवासी नेपाली समाज जर्मनीका अध्यक्ष विजय विक्रम शाही, नेदरल्यान्डका अध्यक्ष तथा प्रवास युरोपका महासचिव विक्रम वानिया, प्रवास युरोप कार्यसमितिका अध्यक्ष सुरेन्द्रमान अमात्य,वेल्जियमका अध्यक्ष दिपेन्द्र केसी लगाएत कार्यसमिति, एनआरएन, तथा अन्य समुदाय वाट पार्टीलाई महत्त्वपूर्ण सुझाव प्राप्त हुनुको साथै भ्रमणमा प्रवासमा संगठनको स्थितिको समीक्षा, भावि कार्यक्रम तय गरिएको खड्काले बताउँनु भयो ।
राप्रपा प्रवास विभागका प्रमुख विजय खडकाले पार्टीले पहिलाे चरणको स्थानिय निर्वाचनमा अासातीत सफलता प्राप्त नगरेता पनि अात्तिहाल्नु पर्ने परिस्थिति नभएको बताउँनु भएको छ।राप्रपाको प्रवासको प्रवास समिति नेदरल्यान्डसँग अन्तर्क्रियामा सहभागी हुँदै खडकाले राप्रपाको प्रभाव क्षेत्र रहेका स्थानमा दाेस्राे चरणमा निर्वाचन हुन गई रहेको र त्यहि निर्वाचनबाट राप्रपाको भव्य कमब्याक हुने बताउँनु भयाे।बैशाख ३१को  असफलता लाई समीक्षा गर्दै कमि कमजाेरि सच्याउदै अागामि दिनमा अघि बढ्नुको साथै राप्रपाको संगठन निर्माणमा,नेपालमा भएको भुकम्प लगाएतकाे दैवि प्रकाेपमा प्रवासी नेपालीहरू मकोहत्त्वपूर्ण सहयाेग रहेको र मातृभूमिका धर्म संस्कृति र परम्परालाई चाैतर्फि अाक्रमण भईरहेकाे अवस्थामा कर्मभुमिबाट प्रवासी नेपालीहरूले हिन्दुत्व,राजसंस्था सहितको समृद्ध नेपाल बनाउँन खवरदारी गरिरहनु पर्ने बताउँनु भयाे । प्रवासमा राप्रपाको संगठन विस्तार द्रुत गतिमा भईरहेकोमा खुशि व्यक्त गर्दै आगामी दिनहरूमा पनि निरन्तर प्रवासी नेपालीहरूको समस्या समाधानको लागि राप्रपाले सबै किसिमको पहल गर्ने खड्काले बताउँनु भयो । साथै उहाँले राप्रपाका श्रद्धेय अध्यक्ष माननीय कमल थापाको नेतृत्वमा एक दिन मुलुकमा हिन्दु राष्ट्र र राजसंस्था स्थापना भएरै छाेडने विश्वास दिलाउन चहान्छु भन्नु भयो 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget