काठमाडौं, २५ वैशाख । प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत मेरो “मनको व्याथा कोर्दै छु” सार्वजनिक भएको छ । जातेम्बा शेर्पाको ‘कर्म’ एल्वम भित्र रहेको यो गीत सञ्चारमाध्यम तथा युट्वमार्फत एकै चोटी सार्वजनिक गरिएको हो ।
‘एल्वममा रहेका अन्य गीतको पनि भिडियोहरु ल्याउने तयारी गरिरहेको जातेवाले बताए । यो मेरोपहिलो मनको व्यथा सार्वजनिक गरे’, अव अरु गीतको नि चाडँै निर्माण गर्छु,जातेम्बाले भने ।अस्मित लिम्बुको सङ्गीत र कर्म शेर्पाको शब्द रहेको “ ‘मेरो मनको व्यथा’लाई अर्जुन खड्काले निर्देशन गरेका छन् । शंकर, पृथ्वी, आयुष लगायतका कलाकार र जातेम्ब र अस्मित आफैँले भिडियोमा अभिनय गरेका छन् ।
अस्मित लिम्बु पछिल्लो समयका राम्रा गायक पनि हुन् । उनले युवा पुस्ता माझ एक खालको चर्चा कमाएका छन् । यसलाई अमुल्य मिडिया क्रिएशनले बजारमा ल्याएको हो । ‘जातेम्बाको आफैँनै रियल स्टोरीलाई भिडियोमा समेटिएको ’, अस्मितले जनाए । जातेम्बा वैदेशिक रोजगारीका लागी यतिबेला इराकमा कार्यरत रहेका छन् ।https://www.youtube.com/watch?v=Zl1QFiE08OQ