Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

उपचारमा सघाउँदै म नेपाली समूह


लेटाङ ,७ जेष्ठ। सामाजिक सञ्जाल फेसबुकमा सक्रिय म नेपाली समूहले मोरङको लेटाङ–५ का एक बालकको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
 म नेपाली समूहले टाउकोमा संक्रमण भएका लेटाङ–५ का १४ वर्षीय कपिल नेपालीको उपचारका लागि १४ हजार ६५ रुपैयाँ आर्थिक सहयोग गरेको हो । म नेपाली समूहले लेटाङ नगरपालिका वडा नम्बर ८ र ९ जाँतेमा रहेका व्यवसायी तथा स्थानीयबासीसँग रकम संकलन गरी पीडित नेपालीलाई सहयोग गरेको हो । विपन्न परिवारका कपिललाई टाउकोमा संक्रमण(Tubercular Meningitis) भएपछि उपचारमा समस्या भएको छ । उनलाई चाँडो भन्दा चाँडो उपचार गर्नुपर्ने भएकाले तत्कालै रकम संकलन गरि सहयोग गरेको र आगामी दिनमा पनि सहयोग जारी राख्ने म नेपाली समूहले जनाएको छ । 
समूहले पीडित बालकको उपचारमा सहयोग गर्न सबैलाई आग्रह पनि गरेको छ । सहयोगका लागि समूहका सदस्य मदन सापकोटाको नाममा रहेको एन एम बि बैंकको खाता नं।०६३२१५००५०८५५००००००१ मा रकम जम्मा गर्न सकिने समूहले जनाएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget