Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

कोलोराडोमा किराँतहरुले उभौली मनाए !


कोलोराडो
                                              किराँत राई कम्युनिटी अफ कोलोराडोले  कोलोराडोमा एक विशेष कार्यक्रमको साथ आइतबार मार्च २८ तारिक उभौली साकेला कार्यक्रम भब्यतापूर्बक सम्पन्न गरेको छ। कोलोराडोमा रहेका किराँती जातिहरुको बाग्लो उपस्थितिमा आयोजित सो कार्यक्रम साकेला थानमा भुँमी पूजा गरेर सुरुवात गरिएको थियो । अनौपचारिक रुपमा अगाडी बढेको कार्यक्रममा किराँत सिली गीतमा सहभागीहरुले उभौली साकेला नाच प्रस्तुत गरेका थिए । कार्यक्रममा आफ्नो जातीय पहिरनमा प्रयालाई सजिएको देखिन्थ्यो । कालो कोट, दौरा-सुरूवाल, बुकी फूल सिउरिएर, खुकुरी भिरेर नेपाली टोपीमा ठाँटिएर पुरुषहरू साकेला सिलीमा ताल मिलाउदै गोलबन्द भएर नाच्दै थिए भने  महिलाहरू पनि कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि पहेंलपुर गरगहनामा सजिएर उनीहरूलाई इसारा गर्दै नाचे  । स्याउला, ढोल, झ्याम्टा तथा हारी छातीमा झुन्ड्याएर उनीहरू आफूलाई सजाउँछन् ।
 गोलाकार घेरामा रहेर नाचिने साकेला नाचले किराँत जातिहरु मात्र नभएर उपस्थित सम्पुर्ण अथिति अनि दर्शकहरुले नृत्य प्रस्तुत गर्दै सहभागिता जनाएका थिए  । निक्कै नै बेजोड साथ संचालन भैरहको कार्यक्रममा आयोजक समितिका सम्पुर्ण कार्य समीतिहरुलाइ धेरै व्यसता देखिन्थ्यो । कार्यक्रममा खानपिन पछि प्रतिक्रिया दिंदै आयोजक समितिका अध्यक्षता भिम राईले भने,' आफ्नो कला संस्कृतिको जगेर्ना, मौलिक पहिचान र आफूहरुको संस्कारलाई निरन्तरता दिन हामीले  विभिन्न चाड पर्वहरु अमेरिकामा  मनाउँदै आएका छौ ।  संसारको जुनै कुनामा रहेता पनि कसैले आफ्नो संस्कार सस्कृति भुल्नु हुन्न !' उनले फेरि थपे,' उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्वपूर्ण चाड वसन्त ऋतुमा वालीनाली राम्रोहोस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन भनि चण्डि पूर्णिमा अर्थात सुम्निमाको सृष्टि भएको दिन देखि यसलाई सास्कृतिक महोत्सवको रूपमा मनाउने पनि गरिएको छ ।
 किराँत हरूको यो पर्व पृथ्वीमा कृषि युग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ यही विश्वास अनुरुप हामीहरुले कार्यक्रम गर्दैछु  ।' स्थानिया समाजसेवी शेर मिजार, रघु धौरली, सोम बराल, नारयण उप्रेती, देब्रेद्र राई र  भिम राईलागायतको सहभागी भएको कार्यक्रम लगभग सुरु भएको ६ घण्टापछि सम्पन्न भएको थियो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget