नागार्जुन ४ मा एमालेको प्यानलै विजयी ।
काठमाडौ । नागार्जुन नगरपालीका ४ मा एमालेको पुरै टीम बिजयी भएको खवर छ । भर्खरै प्राप्त खवर अनुसार काठमाडौंको नागार्जुन नगरपालीका वडा नं ४ को वडा अध्यक्ष लगायत सबै टीम नेकपा एमालेबाट बिजयी भएका छन् ।
नेकपा एमालेका करुण कुमार बलामीले ९१६ मत प्राप्त गरेर अध्यक्ष पदमा विजयी भएका छन भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका लक्ष्मीराम शर्माले ८३७ मत प्राप्त गरेका छन् । जसमा वडा अध्यक्ष करुण कुमार बलामी महिला सदस्य सुशिला नेपाल-पौडेल,दलित महिला सदस्य निरा गजमेर, लगायत पुरुष सदस्यहरुमा विश्वेस्वर प्रसाद ढुंगाना र विष्णुहरि भट्टराई रहेका छन् ।
यस अघि नेपाली कांग्रेसको वर्चस्व रहेको यस क्षेत्रमा एमालेले विजयी हासिल गर्नुमा पार्टीको लागि ठूलो उपलव्धि हासिल भएको बताइएको छ ।
विजय हुने वितिक्कै अध्यक्षका उम्मेदवार करुण कुमार बलामीले भने, ‘यो नेकपा एमालेको मात्र जीत हैन यो जीत सारा नागार्जुनबासीको हो ।’ राती करिव १२ बजे विजयको घोषणा भएपनि नागार्जुनबासीहरु उत्साहित भएर मतगणनास्थल डाँडापौवा वरिपरि नारा जुलुश र विजय र्याली समेत गरेर हर्ष मनाइरहेका थिए ।