Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

किस्पाङमा कार्यपालिका गठन

नुवाकोट, १८ जेठ । किस्पाङ गाउँपालिकामा कार्यपालिका सदस्यहरु निर्वाचित भएका छन् । नेपाली काँग्रेसको वर्चस्व भएकाले कार्यपालिकामा चयन हुने ६ जना काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।


कार्यपालिकाको सदस्यका लागि निर्वाचित महिला सदस्यबाट वडा नं ५ का पोटी तामाङ र सीता सुनार, ३ का फुलमाँया तामाङ र २ का सुनिता परियार निर्वाचित भएको निर्वाचन अधिकृत हरिप्रसाद घिमिरेले जानकारी दिनुभयो । दलिततर्फ वडा नंं १ का अर्जुन विश्वकर्मा र अल्पसङ्ख्यकतर्फ वडा नं ४ का कृष्णमान घले निर्वाचित हुनुभयो ।

महिला, दलित र अल्पसङ्ख्यक प्रतिनिधित्व सुनिश्चित भएसँगै किस्पाङ गाउँपालिकाको कार्यपालिका र गाँउसभाले पूर्णता पाएको छ । किस्पाङको कार्यपालिकामा १३ सदस्य र गाउँसभामा २९ सदस्य रहेका छन् ।

नुवाकोटमा कायम रहेका १२ स्थानीय तहमध्ये मेघाङ र तादीमा यसअघि नै गठन भइसकेको छ । बाँकी नौ स्थानीय तहमा उम्मेदवारी दर्तापश्चात् मतदान तालिका सार्वजनिक गरिएको छ । रासस

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget