गायिका निशा लिम्बुको दोश्रो गीति एल्बम “आभाष’मा समाविष्ट ‘रुपको नशाले.......’ बोलको गीतको म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ । विकास चौधरीको संगीत रहेको उक्त गीतको म्यूजिक भिडियोमा सुरज कार्की र अनु शाहले मोडलिङ गरेका छन् ।
उत्त गीतलाई भुवन लामाले निर्देशन गरेका छन् । मायाँ प्रेम भित्रको यथार्थ परक रुपमा शब्द तथा म्युजिक भिडियो मार्फत पर्दामा उतारिएको यस गीतले नेपाली सांगितक क्षेत्रमा एउटा आयाम थप्ने विश्वास लिन सकिन्छ । गायिका निशा लिम्बुको सुमधुर स्वर पछिल्लो समयमा चलचित्र क्षेत्रमा पनि गुञ्जन थालेको छ । पाश्र्व गायनमा आफ्नो छुट्टै पहिचान बनाउँदै गरेकी निशाले हालै ‘चिनारी’ फिल्मको एउटा गीतमा स्वर दिएकी छन् ।