Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मोडल सुशिलाले एकल स्वरमा एल्वम ल्याउने

 काठमाडौ ३० जेठ ।  मिठास स्वरकी सुशिला दर्जनौ गीतमा आफ्नो मधुर आवाज दिएर नेपाली सांगीतिक क्षेत्रमा स्थापित हुन प्रयासरत गायिका शुशिला पाठक एकल स्वरमा गीति एल्बम श्रोता माझ ल्याउने तयारी रहेकी छिन्  ।
                                           उक्त एल्वममा जसमा ६ वटा मिठा भाका समेटिने छन् । सानैदेखि गायनमा रुची राख्ने गायिका सुशिला पाठक बिगत ३ बर्ष देखि सांगीतिक क्षेत्रमा क्रियाशिल रहेकी छन् । झट्ट हेर्दा नायिका जस्ती देखिने सुन्दरी गायिका शुशिला पाठक पूर्वको झापामा जन्मिएकी हुन । केहि समय देखि काठमाडौंलाई कर्मथलो बनाइ साङ्गीतिक क्षेत्रमा आफुलाई स्थापित गराउन प्रयासरत छिन् ।
                               संगीतकार शिला बहादुर मोक्तान तथा मनोज राज सिवाकोटी बाट गीत संगीत प्रशिक्षण लिएकी छन । पुर्बका हरेक कार्यक्रमा आफ्नो सुमधुर आवाज, जादुमय नृत्यका कारण चर्चामा रहन सफल भएकी उनि रोमाण्टिक आधुनिक, लोक पप तथा अन्य सबै खाले गीत गाउन सक्ने क्षमतावान प्रतिभा भएकी कलाकार हुन । ‘उनि भन्छिन म गायन र मोडलिङलाइ संगै लिएर जान्छु र यो क्षेत्रमा आफ्नो लक्ष्य प्राप्ति गर्छु ।’ सबै गीतहरु उत्तिकै मेहनत गरेर बनाईएको हुदा सम्पुर्ण नेपालीहरुको मन मुटुमा बस्न सफल हुने कुरामा शुशिला ढुक्क छिन । आफुलाई गायिका तथा मोडेल भनेर चिनाउन चाहने यी सुन्दरी गायिकालाई एक बहु प्रतिभाशाली, भर्सलटाइल गायिका तथा मोडेल भन्न सकिन्छ ।



Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget