Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

गर्ल फ्रेन्डले जन्मदिन मै छोडेपछि तनावमा झापाका सिमान्त .

 काठमाडौं, ३ आषाढ । कलाकारहरु प्राय आफ्नो केहि न केहि आफ्ना कला दर्शक तथा स्रोताहरुलाई उपहार भनेर दिने गर्दछन् । अझ भनौ प्रेमीले प्रेमिकालाई होस या प्रेमिका लाई उपहार दिने गर्दछन् विशेष गरि जन्म दिन मा । तर गायक सिमान्तलाई भने गर्लफ्रेण्डले उन्कोजन्मदिनमा  छोडेको कुरा गरेका छन् ।  गायक सिमान्त सन्तोषले जन्मदिनमा वियोगान्तक गीत लिएर आएका छन् ।
                                    जन्मदिनमा रमाइलो गर्ने वेलामा उनले गर्ल फ्रेन्डले छोडेको पिडामा वियोगान्तक गीत लिएर आएका हुन् । विगत ३ वर्ष देखि थुप्रै गीत गाएर छोटो समयमै स्रोता–दर्शकको मन मष्तिकमा राजगर्न सफल सन्तोषले आखिर किन आफ्नो जन्मोत्सवमा वियोगान्तक गीत लिएर आए त ? के सिमान्तकी गर्ल फ्रेन्डले उनलाई छोडेकै हुन त भन्ने प्रश्नमा ‘अहिलेचाहीँ यो विषयमा केही नभनौ’ भन्ने सन्तोषको ‘छुटाइ गयौ किन कुन्नी, दुई मुटुको नातालाई’ सार्वजनिक भएको छ । आफ्नो जन्मदिनको अवसरमा गत बिहिबार युट्युव मार्फत सार्वजनिक गीतलाई ओमनाथ कडेरियाले लेखेका हुन् भने कम्पोज सन्तोषकै रहेको छ । 
पूर्वको छापाबाट गायन क्षेत्रमा होमिएका गायक सिमान्त सन्तोष स्टेज प्रर्फमेन्समा माहिर मान्निछन् । उनले स्टेजमा बिभिन्न राजनीतिज्ञहरुका साथै चर्चित कलाकारहरुको क्यारिकेचर पनि गर्ने गर्छन् । गीतमा आफैँ मोडलिङ गर्ने उनले ‘उचाई’ एल्वमबाट साङ्गीतिक यात्रा सुरु गरेका हुन् ।
                                               सिमान्त छिट्टै नै ‘दुर्गाले मुर्गा बनाई’ , ‘जहाँ छौ प्रिय तिमी’ जस्ता गीत स्रोता–दर्शकमाझ ल्याउने तयारीमा छन् । आफ्नो पहिलो गीत ‘मेरो दिल दुखायौ के पायौँ’बाट नै वाही वाही बटुलेर मन जित्न सफल भएका थिए सन्तोष ।झापाको बनीयानी कचनकवल–६मा जन्मिएर हाल काठमाडौंलाई कर्मथलो बनाएका सन्तोषले छोटो समयमै नेपाली साङ्गीतिक वजारमा आफ्नो छुट्टै परिचय बनाएका छन् । नेपाल तथा भारतका बिभिन्न स्थानमा थुप्रै स्टेज प्रस्तुती दिएका उनका थुप्रै गीत मध्ये ‘तिमी पुजाकी थालि हौ।।।’, ‘हेरिदेउन छड्के छड्के।।।’, जस्ता गीत बढी रोजाईका गीत बनेका छन् । ‘कलाकारिता क्षेत्रमै रहेर देशका लागि केही गर्न सकिन्छ भन्ने उद्देश्यले यो क्षेत्रमा आएका हुँ, मान्छे जन्मेको मर्न र प्रकृतिको नियमित प्रक्रिया पुरा गर्न मात्रै हैन मानव भएपछि कुनै बिशिस्ट कार्य गर्न एउटा कुनै क्षेत्र चाहिन्छ त्यो क्षेत्र मैले कलाकारितालाई रोजे’ भन्छन् सन्तोष । नेपाली गीत सङ्गीतको फाँटले उनको स्वरबाट थुप्रै कालजयी गीतहरु पाओस् जन्मदिनमा सन्तोषलाई यही शुभकामना ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget