,काठमाडौं २० जेठ । मिस नेपालको ताज निकिता चन्दकले जितेकी छिन् । हिजो शुक्रबार साँझ दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फिनालेमा १८ प्रतिस्पर्धीलाई पछि पार्दै चन्दकले मिस नेपालको ताज पहिरिएकी हुन् ।
निकितालाई सन् २०१६ कि मिस नेपाल अष्मि श्रेष्ठले ताज पहिर्याइदिएकी थिईन। मिस नेपाल फस्ट रनर अपको उपाधि रोजिना श्रेष्ठले र मिस नेपाल सेकेन्ड अनर अपको उपाधि निति शाहले जितेकी छिन् ।
मिस कन्फिडेन्ट र पुपुलर चोइसको अवार्ड समेत निकिता चन्दकले नै जितेकी छिन्, मिस एथलेट मञ्जरी सिंह, मिस बेस्ट कप्लेक्सन नीति शाह, मिस ब्यूटी विथ पर्पस दृष्टि कट्टवाल र मिस नेपाल एसिया प्यासिफिक इन्टरनेशनल साहारा बस्नेत भएका छन्।दी हिडेन ट्रेजरको आयोजनामा भएको २२ औं मिस नेपाल विजेता चन्दकले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन्।