Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

दाङ प्रशासनले यहाँका चार वटा मतदानस्थललाई अतिसंवेदनशील, र १३६ वटालाई संवेदनशील सुचिमा

दाङ –१४ असार । यहि असार १४ गते हुन गइरहेको स्थानीय निकायको निर्वाचनलाई मध्यनजर गर्दै दाङ प्रशासनले यहाँका चार वटा मतदानस्थललाई अतिसंवेदनशील, र १३६ वटालाई संवेदनशील सुचिमा राखिएको छ । त्थस्तै ११ वटा मतदानस्थललाई सामान्यको सूचीमा राखेको छ ।  जिल्लामा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी विप्लबको गतिविधिले अग्रता लिएपछि यो क्षेत्रलाई  संबेशिल मानिएको छ । 

अन्य चुनौतीका रुपमा नेपाल–भारतको खुल्ला सिमाना, सडकको पहुँच नहुनु, निर्वाचन बिथोल्न सक्ने समूह र विगतका गतिविधिलाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा सर्तकता अपनाएको हो । दाङमा स्थानीय तह निर्वाचनका लागि १५१ वटा मतदानस्थल, ३५१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । दुईवटा उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा गरी दुई लाख ९१ हजार १५० मतदाता छन् । 

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निर्वाचनमा सुरक्षाकर्मी परिचालन गरिने निर्वाचन सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले जानकारी दिए । 

दाङमा चुनावका लागि नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरीलाई परिचालन गरेर चुनावलाई शान्तिपूर्ण बनाउने सुरक्षा योजना बनाइसकेको उनले बताए । त्यसैगरी निर्वाचनमा नेपाली सेनाले मतदानस्थल वरिपरि गस्ती गर्ने छ र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले सुक्ष्मरुपमा अध्ययन गर्ने जनाइएको छ । 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget