Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

चुनाव हुनै नदिने ,थप आन्दोलन चर्काउने महतोको चेतावनी ।

काठमाडौं । काठमाडौमा आज राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रदेश न. २ को चुनाव सरकारले मनोमानी ढंगले सारेको आरोप लगाएका छन्
                                        । यसले मधेसको समस्या समाधान हुन नसक्ने ठोकुवा गरेका छन् । विजुली बजारमा आयोजित कार्यक्रममा महतोले भने माग पुरा नभएसम्म अव आन्दोलन रोकिदैन ।  उनले दुई नम्बर प्रदेशमा चुनाव सारेर मात्रै समस्याको समाधान हुन सक्दैन । झापादेखि कञ्चनपुरसम्मको समस्या समाधान गरिनुपर्ने आफूहरुको माग रहेको बताए ।
                           उनले राजपासँग कुनै सहमति नै नलिई २ नम्बर प्रदेशको चुनाव  सारेर सरकारले राजपाकै सहमतिमा निर्णय गरेको भनि भ्रम फैलाएको आरोप समेत लगाए ।    ‘मधेसी भूभागको समस्या समाधान हुनु पर्दैन ? माग पूरा नगरी चुनाव गर्न खोजिनु भनेको मुलुकलाई बर्बादीतर्फ धकेलिनु हो ।’उन्ले प्रश्न गरे ।  आइतबारको लागि तोकिएको मनोनयन दर्ता कार्यक्रमलाई बिथोलिने समेत चेतावनी दिए ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget