Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

जशोदाको ‘बबाल होला...’सार्वजनिक (भिडियोसहित)

 काठमाडौं   ।   गायिका जशोदा सुब्बाले ‘बबाल होला जस्तो...’ बोलको गीत बजार ल्याएकी छन् । आधुनिक तथा पप गायनमा बेग्लै पहिचान बनाएकी जशोदाले यसपटक फस्टबिटमा बबाल गरेकी छन् ।
                                         जुन गीतको भिडियोलाई हिजो राजधानीमा एक समारोहबीच प्रिमियर गर्दै सार्वजनिक गरिएको छ । जशोदाको ‘बबाल होला...’लाई दर्शक श्रोताको पनि बबाल माया पाउन थालेको छ । यो गीत यु–ट्युबमा अपलोड गरेको २४ घण्टा नबित्दै करिब ४० हजारले हेरिसकेका छन् ।
                              रकशैलीको ‘बबाल होला...’ गीत तथा भिडियो सार्वजनिक गरेपछि गायिका जशोदाले भनिन्, ‘यसपटक फरक स्वादको गीत गाएकी हुँ ।’ उनले ‘बबाल होला..’ पछिल्लो पुस्ताका दर्शक एवं श्रोतामो माग अनुसार गरेको पनि सुनाइन् । जशोदाले भनिन्, ‘गीतसंगीतमा यत्रो समय बिताएँ । अहिले आएर डान्सिङ बीटको गाउन रहर लाग्यो ।’ यो गीत आफ्नो गायन करिअरमा अर्को ‘टर्निङप्वाइट’ हुने जशोदाको भनाई छ ।

 गीतमा अभिनेत्री तथा मोडल आशिस्मा नकर्मी र  दीलिपले बबाल आइटम गरेका छन् । राजधानीको एक ढिस्को थेकमा छायांकन गरिएको यस गीतको भिडियोलाई दिलिप अखेराले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । कुमार श्रेष्ठको शब्द तथा संगीत रहेको ‘बबाल होला...’को यस भिडियोलाई अमेरिकामा बस्दै आएका डिबी गुरुङले निर्माण गरेका हुन् । यस भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget