काठमाडौ । नक्कली प्रचण्डको भेषमा टेलिभिजनको पर्दामा देखिदै आएका कलाकार प्रदिप पाठकले ठूलो पर्दाको चलचित्र निर्माण गर्ने भएका छन् ।
कलाकार प्रदिप पाठकले हिजो असार १५ का दिन एक कार्यक्रम गरि चलचित्र निर्माणको घोषण गरेका हुन् ।उनले चलचित्रको नाम ‘बाह्रमासे’ नामको चलचित्र निर्माण गर्न लागेको बताए । बाह्रमासे चलचित्रमा भद्रगोल लगायत अन्य थुप्रै टेलिचलचित्रका चर्चित हास्यकलाकारहरुको मुख्य अभिनय रहने पाठकले जानकारी दिए । उक्त चलचित्र यहि असार अन्तिम सातादेखि छायांकन सुरु हुनेछ ।
उक्त हाँस्यप्रधान चलचित्र ‘बाह्रमासे’को निर्देशन चर्चित हाँस्यकलाकार पल्पसा डंगोल (चम्सुरीं)ले गर्ने भएकी छिन ।चलचित्रमा भद्रगोलका निर्माता एवम चर्चित कलाकार सुवास कार्की(बेलासे)मुख्य पात्रका रुपमा देखिने भएका छन् । यसका साथै चलचित्रका अन्य कलाकारहरुमा मधुसुधन पाठक (सीते बा.) सीपी पुडासैनी(धतुरे) गोविन्द कोइराला (जयन्ते ) सुरविर पण्डीत,रामचन्द्र अधिकारी,केदार न्यौपाने,निर्मल शर्मा(गैंडा),अरुणा कार्की,रोहित दंगाल,रोहन ,राधा लम्साल(भावु) निरु खड्का(निर्मली),सुदिप बराल,सुशिल सैंजु,अमृता भट्ट,पत्रकारहरु ऋषि धमला र जनार्जन पौडेल लगायत रहेका छन् ।
उक्त चलचित्रको छायांकन काभ्रेको नाला,पनौती,खोपासी ,पाँचखाल,भकुण्डे आसपासमा गर्ने निर्माता पाठकले बताएका छन् । चलचित्रमा दुईवटा गीतहरु रहने र दुईवटै गीतमा हालका चर्चित गायिका मिना निरौला र सञ्जय बरालको स्वर रहने छ । सिनेमा कार्तिक पहिलो हप्ता अर्थात तिहारमा रिलीज गरिने निर्माण पक्षले बताएको छ ।