Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

विश्व संगीत दिवसमा श्रष्टालाई सम्मान |


काठमाडौं, ९ असार । वर्षकै लामोदिन अर्थात् सात सन् १९८२ बाट फ्रान्समा यसैदिन विहानदेखि रातीसम्म साँगीतिक कार्यक्रम गरेर विश्वसंगीत दिवस मनाउन सुरु गरिएको थियो । त्यसै सिकोलाई नेपालमा नि मनाउन थालेको छ ।

                                    विश्व संगीत दिवस यो ३५ वर्षमा आईपुग्दा एक सयभन्दा बढी देशले मनाउन थालेका छन् । गत बुधबार नेपालमा पनि विविध सांगीतिक कार्यक्रम गरेर विश्वसंगीत दिवस मनाइएको छ । सो अबसरमा आयोजित सांगीतिक कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए । कार्यक्रममा एक घन्टा भन्दा बढी समय बसेर उपराष्ट्रपति पुनले गीत संगीतको मजा लिए ।
सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाली सांगीतिक संघ र नेपाल प्रतिलिपी अधिकार रजिष्ट्ररको कार्यालयले बुधबार नाचघरमा संयुक्त रुपमा विश्व संगीत दिवस मनाएको हो ।उपराष्ट्रपति पुनले नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएको भन्दै गीतकार डा. राम बिक्रम सिजापति, संगीतकार जगतमर्दन थापा, बाद्यबादक किशोर गुरुङ, नृत्यकार हनी श्रेष्ठ, जनपक्षिय गायक जेबी टुहुरे र गायिका इन्दिरा श्रेष्ठलाई आयोजकका तर्फबाट सम्मान गरे .|
                       कार्यक्रममा उपराष्ट्रपति पुनले विश्व संगीत दिवसको अबसरमा अग्रज श्रष्टाहरुलाई सम्मान गर्न पाउँदै साह्रै खुसी लागेको बताउँदै रेकोमा अत्यन्तै खुशी लागेको बताउँदै यस्तो सम्मानले नेपाली कला र कलाकारहरुको संरक्षण, संवद्र्धन, प्रवद्र्धन र विकासमा समेत टेवा प¥याउने अपेक्षा गरेको छु भने ।
               उपराष्ट्रपति पुनले कलाकारहरुलाई परिवर्तित राजनैतिक सन्दर्भमा राज्यका गहनाका रुपमा भूमिका विहिन बनाउने होइन समाज परिवर्तनका संवाहक बनाउन संघले विशेष भूमिका निर्वाह गर्न सकोस् भन्ने अपेक्षा आफुले गरेको बताए ।सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले विविध सांगीतिक कार्यक्रम आयोजना गर्दै आफुहरुले विश्व संगीत दिबस मनाउँदै आएको बताए । संस्थानले हिमालदेखि तराईसम्मको सबैजसो जातजातिको मौलिक गीतसंगीत नृत्यको संरक्षणसँगै प्रदर्शन र प्रवर्धन पनि गर्दै आएको उनले बताए ।
यो कार्यक्रमका संयोजक एवं नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानले संगीतकर्मीहरुका लागि सबै भन्दा ठुलो दिबस नै विश्व संगीत दिवस भएकाले केही वर्षबाट संघले सरकारी निकाय र विभिन्न संस्थासँग मिलेर विश्व संगीत दिवस मनाउँदै आएको बताए । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य माधव प्रधान र नेपाल प्रतिलिपी अधिकार रजिष्ट्ररको कार्यालयका रजिष्टार राजेन्द्र सिग्देलले पनि विश्व संगीत दिवसको महत्व बारे कार्यक्रममा चर्चा गरे ।
नेपाली सेनको साँगीतिका व्याण्डको प्रस्तुतिसँगै दिउँसो २ बजेबाट सुरु भएको सो साँगीतिक कार्यक्रम बेलुका ४ बजेसम्म चलेको थियो । चार घन्टाको अबधिमा नाचघरमा सबै प्रकारका गीत संगीत प्रस्तुत गरियो ।
अग्रज कलाकार आनन्द कार्कीदेखि पप गायक धिरज राईसम्मले आफ्ना चर्चित गीत सुनाएर कार्यक्रममा दर्शकलाई नचाए । सांस्कृतिक संस्थानका कलाकारले एक दर्जन भन्दा बढी लोक गायन, नृत्य, सांगीतिक धुन पस्केर कार्यक्रमलाई संगीतमय बनाए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget