विश्व शरणार्थी दिवसको अवसर पारेर अमेरिकाको कोलोराडोमा रहेको भुटानिज कमुनिटी अफ कोलोराडोले (जुन २५) आइतबार कोलोराडोमा रहेको आप्रबासी समुदायलाई लक्षित गर्दै अन्तर समुदाय स्तारिया भलिबल प्रतियोगिता आयोजना गरेको छ । कोलोराडोमा रहेका भुटान, नेपाल, बर्मा, अफ्गान समुदाय र आप्रबासीसम्बन्धी काम गर्दै आएको लुथरन फेमिली सर्भिर्सको टिमहरुबीच प्रतिस्पर्धा भएको थियो ।
कोलोराडोको नेपाली तथा विदेशी समुदायका ६ टिमले दर्ता गरेको उक्त प्रतिस्पर्धामा बर्मिज कम्युनिटिले विजय हाँसिल गरेको थियो भने भुटानिज कम्युनिटि टिमले उप-विजेतामा चित्ता बुझाउनु परेको थियो । डेलमार्क पार्क, अरोरामा सम्पन्न भएको सो प्रतियोगितामा सहभागी सम्पुर्ण समुदायका खेलाडीहरुले प्रतियोगितामा सहभागी भएर भाईचाराको समबन्धलाई निकटता बनेका छन् ।
सबै समुदायका दर्शकहरुको बग्ग्लो उपस्थितमा सम्पन्न भएको प्रतियोगितामा जलपान पनि व्यस्था रहेको थियो । प्रतियोगिताको प्रथम हुने टिमलाई ट्रफी र कप वितरण गरिएको थियो भने र दोस्रो स्थान प्राप्त गर्नेलाई ट्रफी र मेडल प्रदान गरिएको र प्रतियोगिता भरका मेन अफ द सिरिस, ३ जना मेन अफ द म्याच, अनुसासित टिम र आयोजक समुदायलाई समेत ट्रफी प्रदान गरिएको र अन्य टिमहरुलाई मायाको चिनो स्वरुप एउटा भलिबल प्रदान गरिएको र प्रतियोगितालाई प्रयोजना गर्ने प्रयोजकहरुलाई खादाले सम्मान गरिएको आयोजक समितिका अध्यक्ष सोम बरालले बताएका छन् ।
प्रतियोगी कार्यक्रममा रक्की माउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष विनोद त्रिपाठी, सिटि अफ अरोराका रिकार्डो, भूटानी समुदायका समाजसेवी अस्बी मिजार, लीला तिम्सिना किरात कम्युनिटी अफ कोलोराडो अध्यक्ष भीम राई, पत्रकार शैलेश पोख्रेललगायतको उपस्थिति रहेको थियो ।