Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

असार १४मा चुनाव गर्न नसके देउवालाई अर्को असक्षताको तक्मा ः एमाले


काठमाडौं ३१ जेठ । नेकपा एमालेका स्थाई कमिटीको बैठक आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ ।  उत्त बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा र उनको दल नेपाली कांग्रेसले चुनाव गर्न नखोजेको बैठकले निष्कर्ष निकालेको छ । ।
स्थायी समितिको बैठक जारी रहेका बेला पत्रकारहरुसँग कुरा गर्दै पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने–‘यदी प्रधानमन्त्री शेरबहादुर देउवाले असार १४ मा ४ प्रदेशमा स्थानीय तहको निर्वाचन गर्न सकेनन् भने उनीमाथि असक्षमताको थप अर्को तक्मा थपिनेछ ।’
स्थायी समितिको बैठकले तोकिएको मितिमा असार १४ गते प्रदेश नंबर १, २, ५ र ७ मा चुनाव गर्न सरकारसँग माग गर्ने निर्णय गरेको नेता भट्टराईले जानकारी दिए ।
एमालेले संविधान संसोधनको विषय र स्थानीय तहको बिषय फरक भएको भन्दै चुनाव अबरोध गर्ने गरी संसोधनका लागि बार्गेनिङ गर्न नहुने बताएको छ । पहिलो चरणको निर्वाचन भएपछि थप स्थानीय तह थप्ने कुरा एमालेलाई मान्य नहुने, औचित्य र आवश्यकता अनुसार पछि थप्नेबारे भने बिचार गर्न सकिने बताएको छ ।  

बैठकले कुनैपनि बहानामा निर्वाचन सार्न नहुने, २ नंबर प्रदेशको चुनाव पछि स¥यो भने एमालेले नमान्ने र असार २ गते सबै प्रदेशमा उम्मेदवारको मनोनयन हुनुपर्नेमा जोड दिएको छ ।
एमाले स्थायी समितको बैठकले प्रदेश नम्बर दुई अन्र्तगतका सबै स्थानीय तहको उम्मेदवारको साँझसम्म टुङ्गो लगाउने पनि जानकारी दिएको  छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget