Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

काठमाडौमा ११ औं ईजरायली फिल्म फेस्टिभल सुरु

काठमाडौं ७ असार । काठमाडौमा ११ औं ईजरायली फिल्म फेस्टिभल  सुरु भएको छ । हिजो मंगलबार व्यवस्थापिका संसदका सभामुख अंसारी घर्तीमगरले उट्घाटन गरेको फेस्टिभलको आयोजक ईजरायल एम्बेशी र नेपाली फिल्म सोसाईटी रहेको छ ।
                                यस फेष्टिभल काठमाडौँमा २१ देखि २३ जुन, पोखरामा २८देखि ३० जुन र बिराटनगरमा ६ देखि ८ जुलाईमा आयोजना हुने भएको छ । मंगलबार आयोजित कार्यक्रममा आयोजकले फेस्टिभल बारे बिभिन्न जानकारी दिएको हो । नेपाल टुिरजम बोर्ड, ओआरटुके रेस्टुरेन्ट र च्याम्बर अफईन्डस्ट्रिज मोरगंले प्रचार प्रसार गर्ने फेष्टिभलबाट नेपाली चलचित्रकर्मी लाभ उठाउन सक्ने आयोजले जनाएको छ ।
                         कार्यक्रममा मत्त्ती हरिरि र आरिक लुबेत्कीको निर्देशन रहेको ईजरायली नाटकमा आधारित ‘एप्पल्स अफ दि डेजटर्’ चलचित्र बाट उत्त कार्यक्रमको शुरुवात  गरिएको थियो ।
– ईजरायली फिल्म ईन्डस्ट्रिको लागि २०१४ निकै उत्कृष्ट साबित भएको बताउर्दै सभामुख घर्तीमगरले यो वर्ष पनि राम्रो हुने कार्यक्रम मार्फत बताएकी छन् ।।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget