Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

व्वाई फ्रेण्ड,काउसो चलचित्र प्रदर्शन नहुदै व्यस्त भए निर्देशक घिमिरे ।


काठमाडौ २२ जेठ । निर्देशक मदन घिमिरे एक पछि अर्को चलचित्र निर्देशन गरिरहेका छ । “व्वाई फ्रेण्ड ”चलचित्र प्रदर्शनको तयारीमा रहेका बेला कमेडी चलचित्र “काउसो ” चलचित्रको पनि छायाँङ्कन सकेर सम्पादन कार्यमा रहेको छ ।
                                त्यस्तै भदौ १५ गते बाट अर्को चलचित्र “ कहाँ छौ तिमी ” निर्माण थालिने निर्देशक मदन घिमिरेले बताए । उत्त चलचित्रलाई राजेन्द्र बस्नेतले निर्माण गर्न लागेका हुन । त्यस्तै अर्को चलचित्र “कहाँ छौ तिमी ” को सुटिङ सकिए लगत्तै “ सिस्नु ”चलचित्रको सुटिङ हुने निर्देशक घिमिरेले बताए । हाल मदन “सिस्नु” चलचित्रको कथा लेखन कार्यमा व्यस्त रहेका छन् ।
                                     एक्सन ,लभ स्टोरी पारिवारिक जस्ता सफल चलचित्र बनाई सकेका मदन हरेक फिल्म फरक खाल्को बनाउने गर्दछन् छन् । हाल निर्माण भएका र हुन लागेका चलचित्र पनि फरक र मन छुने खाल्को भएको घिमिरेले दावी गरेका छन् । माया नमार ,माया बसेछ ,दोष्ती लगाएत उन्का ५१ दिन मनाउन सफल भएका चलचित्र हुन  । मदन घिमिरे राम्रा गीतकार,साहित्यकार पनि हुन । उन्का प्राय गीत हिट भएका छन् । माया नमार,दोस्ती फिल्मका टाईटल गीत आज पनि उतिकै जनमानसमा  गुञ्जिरहेको छ । कतिपय राम्रा चलचित्र निर्देशक फिल्म नपाएर त्यतिकै बसिरेका छन् । कोही निर्माताको खोजिमा भौतारिरहेका छन् तर मदनलाई भने भ्वाई नभ्याई छ ।  चलचित्र लेखन र निर्देशनमा व्यस्त रहेका मदनलाई २०७४ साल निकै फापेको देखिन्छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget