![]() |
लेखक -(हेम गिरी) |
मेरो प्रश्न यो हो कि के अमेरिकामा आईओएमको झोला मात्र बोकेर आएका भूटानीहरु छन् त ? आईओएमको झोला नबोकी अमेरिका आएका भूटानीहरुको कुरा गर्न किन सक्दैन यो संस्थाले ? कुरा यो हो ! भन्न चाहि अमेरिकामा रहेका सम्पूर्ण भूटानीहरुको साझा संस्था भन्ने अनि कुरा गर्दा चाहि आइओएमको झोलाको मात्र कुरा गर्दिने ? आईओएमको झोला बोक्ने र नबोक्ने कुरा कसले निकालेको हो त्यो एकदम गलत तरिकाले निकालेछन, अमेरिकामा रहेका सबै भूटानी त्यहि झोला बोकेर आएका छैनन् भन्ने कुरा पनि थाहा हुदैन र भन्या ?
यो लेख कुनै पुर्वाग्रही होइन, कुनै रिस होइन, कुनै आक्रोस होइन, कुनै गुनासो होइन । अमेरिकामा रहेको एक भूटानी भएको कारण आफ्नो संस्थाप्रति आफ्नो कुरा राख्न मात्र खोजेको हुँ । संस्थाको सातौ राष्ट्रिय अधिवेशनको सफलताको शुभकामना प्रदान गर्दै केहि कुरा लेख्न खोजें ! अाेबीसीएले आफ्नो सातौ राष्ट्रिय अधिवेशन आयोजना गर्न लागिरहेको यो समयसम्म आइपुग्दा पनि आफ्नो सबै जानकारी कुनै आधिकारिक फेसबुक पेज या वेवसाइटमा राखेको छैन । यो एकदम बिडम्बना हो । अमेरिकामा रहेका भूटानीहरु सामाजिक संजालमा निक्कै सक्रिय छन्, अमेरिकामा कसैले एउटा कार्यक्रम आयोजना गर्दा त पुरा सामाजिक संजाल भरिन्छ तर, यो संस्थाले स्थापनकालदेखि अहिलेसम्म यो विषयमा केहि नापेको छैन । हामीले संस्थाको विषयमा बुझ्नु पर्दा संस्थाका मान्छेलाई फोन गर्नै पर्छ ! याद रहोस अमेरिकामा रहेका सबै भूटानीहरुले संस्थाको कुरा बुझ्नको लागि संस्थाकै मान्छेलाई फोन गर्छन भन्न सकिन्न , त्यसैले सामाजिक संजालमा संस्थाले आफ्नो कुरा राख्नु पर्थ्यो, अब यो विषयलाई नम्बर १ मा राखेर काम गर्दा हुन्छ । संस्थाले आफ्नो विधान परिमार्जन गर्दै जाने बताउदैछ तर, त्यो विधान सबैले हेर्न पाएका छन् या छैनन् त्यो महत्वपुर्ण विषय हो । हेर्न पाउँछन् या पाउँदैनन ? त्यो जानकारी होस् ? हेर्न पाउँछन् भने कहिले के मार्फत हेर्न पाउँछन् ? त्यो भन्नै पर्छ नभने पनि विधान सम्बधी जानकारी दिनु पर्छ । राष्ट्रिय संस्थाको रूपमा स्थापित हुन खोजिरहेको सो संस्था अहिलेसम्म कतै दर्ता भएको छ या छैन अनि राष्ट्रियव्यापी रुपमा के के कार्यक्रम गरेको छ ? हामीलाई थाहा हुन नसकेको हुन सक्छ तर, अहिलेसम्म एउटा पनि सुनेको छैन । त्यो सबैलाई जानकारी हुनु पर्छ ! संस्थाका उपाध्यक्ष दिलिप दाहालले नेपाल गएर नेपालका पुर्व प्रधानमन्त्री के.पी ओलीलाई भेटेको देखियो ! त्यसैलाई नै संस्थाले ठुलो सफलता मानेको पनि देखियो तर त्यो नै ठुलो सफलता होइन ! अमेरिकामा भूटानी समाजबाटै आत्माहत्या रोकथाम नामक जनचेतनामुलक कार्यक्रम भयो, हिमालयन फेस्टिभल हुँदैछ ! हिमालयन फेस्टिभल अमेरिकामा रहेका सम्पुर्ण नेपाली भाषीहरुको कार्यक्रम हो तर, गर्व साथ भन्छु आयोजक समितिका धेरै सदस्यहरु भूटानी नै हुन । अमेरिकामा रहेका भूटानी कलाकारहरुको कला, साहित्य अनि खेलकुदलाई बिकास गर्ने कार्यक्रम धेरै आयोजना भएको छ तर, यस्तो कार्यक्रममा अाेबीसीएको कतै कति पनि सहभागी देखिएको छैन तर पनि सो संस्थाले अमेरिकामा रहेका सम्पुर्ण भूटानीको संस्था हो भन्न अहिलेसम्म छोडेको छैन । नेपाली भाषी भूटानी कलाकारहरुको सहभागी गराएर एउटा चलचित्र चाहिं निर्माण गरेको थियो होला । मेरो असहमत संस्थालाई सम्पुर्ण भूटानीहरुको संस्था हो भन्ने कुरामा होइन तर, संस्थाको काम कारबाहीले सबै कुरा बताएको छ । भन्ने भन्दा पनि गर्नेहरुलाई सम्मान गरिनु पर्छ भन्ने कुरा मलाई लाग्छ । अर्को कुरा, अाेबीसीएका पर्व अध्यक्ष ज्यूहरू कहाँ छन् ? प्राय संस्थाका पर्व अध्यक्षहरू आफ्नो कार्यकाल सकिएपछि त्यहि संस्थाका सल्लाहाकारको रुपमा बसेको देखिन्छ तर, यहाँ त्यो देखिएको छैन ! संस्थाले नेपालको शरणार्थी शिविरमा फुटबल आयोजना गर्नको लागि प्रयोजन गरेको थियो त्यहि विषयलाई ठुलो विषय ठानेको होला, गर्न त ओहायोको एउटा होम कियरले पनि फुटबल प्रतियोगितालाई प्रायोजक गरेकै थियो ।
![]() |
अाेबीसीएको पाचौ राष्ट्रिय अधिवेशनको झलक |