Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

समीर लिम्बू ‘द हर्ट बिट’ नामक एल्बम लिएर श्रोता तथा दर्शकमाझ

काठमाडौं, ३१ जेठ । गायन समीर लिम्बू ‘द हर्ट बिट’ नामक एल्बम लिएर श्रोता तथा दर्शकमाझ आएका छन् । समीरको उक्त सोलो एल्बमलाई राजधानीमा एक समारोबीच बरिष्ठ संगीतकार प्रकाश गुरुङ, राजु सिंह, बसन्त सापकोटा, गायिका कुन्ति मोक्तानलगायतले सार्वजनिक गरे ।
111

कार्यक्रममा बोल्दै गायक समीर पाँच वर्षयता निरन्तर संगीत साधना गर्दै आएको र त्यसको प्रतिफल ‘द हर्ट बिट’ भएको बताए ।एल्बम सावजनिकपछि गायक समीरको संगीत गुरु समेत रहेका प्रमुख अतिथि प्रकाश गुरुङले भने, ‘समीरको स्वरमा मिठास छ । उनले यस क्षेत्रमा केही गरेर देखाउन सक्छ ।’ गुरुङले आफूसँग पहिलोपटक संगीत सिक्न आउँदा नै समीरमा गायनमा भविष्य देखेको भन्दै प्रशंसा गरेका थिए । उनले ‘द हर्ट बिट’ आफ्नो पहिलो एल्बम भएकाले केही आगामी दिनमा सुधार्दै जाने पनि बताए । उनले भने, ‘यो मेरो पहिलो एल्बम हो । यसका लागि धेरै मिहिनेत छु । यो मेरो सांगीतिक करिअरको ‘टर्निङ प्वाइन्ट’ पनि हो । 
19179617_1763472793679896_994445644_o
०६५ सालदेखि स्टेज र कभर सङ गाउँदा–गाउँदै गायनमा होमिएका समीरको ‘द हर्ट बिट’मा पछिल्लो समयका चर्चित संगीतकारको संगीत रहेको छ । राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बु, कमल खत्री, प्रमोद मोक्तान, कमल रसाइँली, कुसल राईजस्ता संगीतकारको संगीतका तयार भएको ‘द हर्ट बिट’मा तिम्रो त्यो, मायामा, तिमीले त, धरान पुर्व, म त डुबे, वैशैमा र सोल्टिनी जस्ता गीत समावेश छन् । जसमा कमल रसाइली, प्रमोद मोक्तान, कमल खत्री, सुमोन गजमेर, बिआर मित्र, यासेली योङहाङ र गायक सयंमको शब्दरचना रहेको छ ।
 समीरको ‘द हर्ट बिट’ लाई ब्ल्याक इन्टरटेनमेन्टले बजारमा ल्याएको हो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget