Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

दार्जिलिङमा नेपालीभाषीमाथि प्रहरीले चर्को दमन सुरु गरेपछि गोर्खा मुक्ति मोर्चाले गोर्खाल्याण्ड आन्दोलनलाई सशक्त बनाउने घोषणा

दार्जिलिङ २८ जेठ, भारतको पश्चिम बंगाल राज्यअन्तर्गत दार्जिलिङमा नेपालीभाषीमाथि प्रहरीले चर्को दमन सुरु  गरेपछि गोर्खा मुक्ति मोर्चाले गोर्खाल्याण्ड आन्दोलनलाई सशक्त बनाउने घोषणा गरेको छ । मोर्चाले आन्दोलनमा सबै जनता, कर्मचारी, पार्टी कार्यकर्ता र समर्थकलाई सहभागी हुन आव्हानसमेत गरेको छ। मोर्चाले गोर्खाल्याण्ड राज्य प्राप्त नभएसम्म पहाडमा आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएको छ । 

                                 पश्चिम बंगाल सरकारले राज्यभर बंगाली भाषा अनिवार्य गर्ने निर्णय गरेपछि नेपाली भाषीहरु थप आन्दोलित बनेका हुन् । भाषा लाद्नुका साथै प्रहरीले नेपालीभाषीमाथि चरम दमन सुरु गरेपछि मोर्चाले आफ्नो दशकौ पूरानो अलग गोर्खाल्याण्ड बनाउने अभियान पुनः सुरु  गरेको हो । अब मोर्चाले गोर्खाल्याण्ड राज्य स्थापना नभएसम्म आन्दोलन नरोक्ने मोर्चाका महासचिव रोशन गिरीले बताएका छन् । मोर्चाका अध्यक्ष विमल गुरुङले गोर्खाल्याण्डको मुद्दा अब सशक्त रुपमा उठाउने बताएका छन् ।  यो विषयमा सबैभन्दा पहिला १३ जुनका दिन सर्वदलीय सभा गरिने भएको छ। मोर्चाले घोषणा गरेको आन्दोलनका कार्यक्रममा सोमबारदेखि सम्पूर्ण सरकारी कार्यालय बन्द गर्ने भएको छ । विद्यालय, कलेज र बजार भने खुला राखिने मोर्चाले जनाएको छ। १३ जुनमा हुने सर्वदलीय बैठकपछि हरेक सोमबार राँके जुलुस निकालिनेछ । मोर्चाले हरेक बिहीबार र शुक्रबार जनता सडकमा उतारेर गोर्खाल्याण्ड राज्यको माग गर्नेछन् । मोर्चाले पहाड, तराई–डुवर्सका सम्पूर्ण साइनबोर्डहरु नेपाली भाषामा मात्र लेख्ने अभियानसमेत चलाउने भएको छ।
                                     नेपाली भाषाविरुद्ध दमन गर्दै बंगाली भाषा अनिवार्य गरेपछि मोर्चाले गोर्खाल्याण्ड राज्यको माग पुनः उठाएको हो । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले नेपाली भाषीमाथि भाषाका नाममा दमन गरेको मोर्चाको आरोप छ । राज्यले पहाडका विद्यालयहरुमा तेस्रो भाषाका रुपमा बंगाली भाषा अनिवार्य गरेको छ। मोर्चाले ८ जुनमा दार्जिलिङमा निकालिएको शान्तिपूर्ण जुलुसमा प्रहरी लगाएर चरम दमन गरेको आरोप लगाएको छ । जुलुसमा प्रहरी हस्तक्षेप हुँदा ५० बढी कार्यकर्ता घाइते भएको मोर्चाले जनाएको छ। दार्जिलिङमा सेना परिचालन गरेर मुख्यमन्त्री बेनर्जीले मोर्चाका अनुशासित कार्यकर्तामाथि आतंकवादीको संज्ञा दिन खोजेको भन्दै सरकारको हस्तक्षेप र ज्यादत्तिविरुद्ध गोर्खाल्याण्ड राज्यको विकल्प नभएको मोर्चाका अध्यक्ष विमल गुरुङले बताएका छन् ।                                            मुख्यमन्त्री ममता बेनर्जीले आन्दोलनकारीविरुद्ध कडाइका साथ प्रस्तुत हुने चेतावनी दिएसँगै आन्दोलनरत मोर्चाका अध्यक्ष विमल गुरुङले आन्दोलन दबाएर देखाउन चुनौति दिएका छन् । गुरुङले भनेका छन्–ममता भलै बंगालकी मुख्यमन्त्री हुन्, तर पर्वतीय क्षेत्रको मुख्यमन्त्री म हुँ । गुरुङले मुख्यमन्त्रीलाई चेतावनी दिँदै भनेका छन्–पहाडी क्षेत्रमा सैनिक परिचालन र प्रहरी अत्याचारको विरुद्धमा हामी सिधैं केन्द्र सरकारसँग कुरा गर्नेछौ । उनले प्रहरीले शान्तिपूर्ण जुलुसमा सहभागी निहत्था नागरिकमाथि दमन गरेको बताएका छन् ।  मोर्चाका नेताहरुले अब गोर्खाल्याण्ड राज्यभन्दा तल कुनै पनि सम्झौता नगर्ने बताएका छन् । 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget