Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

हङकङको समुद्रीतटमा हेम र सुस्मा यस्तो छ रोमान्स ( भिडियोसहित) .


काठमाडौं, ९ असार । नेपालमा मात्र सिमित रहेको तेह्रथुमे ढाका बुटिकको सञ्जाल विदेशमा समेत उत्तिकै लोकप्रिय बन्दै गएको छ । यसको आफ्नै  तेह्रथुमे ढाकाको पहिचानले चिनिन थालेको छ । पछिल्लो केही समययता काठमाडौमा निर्माण हुने अधिकांश म्युजिक भिडियो तथा फोटोसुटमा तेह्रथुमे ढाका ले मार्केट लिन थालेको छ । नेपालमा  तेह्रथुमे ढाका बुटिकले तयार गरेको ढाका पहिरनहरु युके, अमेरिका, हङकङ, इजरायललगायतका मुलुकमा निर्माण हुने नेपाली गीतका भिडियोहरुमा पनि उत्तिकै प्रयोग गर्न थालिएको छ । पछिल्लो उदाहरण हो, गायक दीपक लिम्बू र गायिका श्रेया सोताङले गाएको ‘सिरु खाश’ बोल गीतको भिडियो । जुन गीत हङकङको विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको हो । यस भिडियोमा हेमराज अन्छङ्बो र सुस्मा लिम्बूले अभिनिय गरेका छन् ।

ललिपुरको मिलन चोकमा रहेको तेह्रथुमे ढाका बुटिककी सञ्चालक तथा फेसन डिजाइनर निरु आङबुङले भनिन्, ‘हिजोआज निर्माण हुँदै आएका अधिकांश म्युजिक भिडियोहरुमा तेह्रथुमे ढाका बुटिकको पहिरन जाने गरेको छ ।’ उनका अनुसार फोटोसुट र भिडियोसुटका लागि तेह्रथुमे ढाकाको दिनदिनै माग बढ्दै गएको छ ।

युगल पोमुले निर्देशन गरेको यस ‘सिरु खाश’ भिडियोमा तेह्रथुमे ढाकामा मोडल हेमराज र सुस्मा निकै खुलेका छन् । तेह्रथुमे ढाका बुटिककी निरुले तयार गरेको आर्कषक ढाका पहिरन र हङकङको रमणीय समुद्रीतटको कम्बिनेशन साँच्चीकै लोभ लाग्दो देखिएको छ । हेमराज र सुस्माले लगाएको आफ्नो पहिरनबारे निरुङले भनिन्, ‘यो पहिरन स्पेशली उनीहरुलाई लागि बनाएको हुँ ।
                       त्यसैले पनि उनीहरु भिडियोमा खुलेका छन् ।’ हुन त यस भिडियोका निर्देशक युगलसँग नेपालमा पनि धेरै काम गरिसकेकी छन् निरुले ।छोटो समयमै आफ्नो पहिचान खुल्ने पुर्वेली विशेषतः तेह्रथुमे ढाका देश–विदेशमा लोकप्रिय बन्दै गएपछि निरु पनि दंग छिन् । उनी भन्छिन्, ‘तेह्रथुमे ढाकालाई यहाँसम्म ल्याउन निकै मिहिनेत पनि गरेकी छु । मिहिनेत गरे अनुसार अहिले फल पनि पाउन थालेकी छु । उक्त बुटिक निरुले संगीता लिंखा लिम्बुसँग मिलेर खोलेकी हुन् । जसको अझ दायरा बढाउने सोच रहेको निरुले बताइन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget