उत्त गीतलाई युट्युव मार्फत सार्वजनिक गरिएको हो । गम्भीर विष्टको निर्देशनमा तयार भएको गीतको भिडियोमा नानी हङ्ग राई र सुष्मिता ढकालले अभिनय गरेका छन् । नरेश लिंग्देनको सङ्गीत गायक एकदेव लिम्बु र गायिका सुनिता थेगिम लिम्बुको संयुक्त स्वर रहेको गीतको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेका छन् ।
कैयौ दुःख–सुख, सङ्घर्षका पाईलाहरु चाल्दै एक व्यावसायिक गीतकारको रुपमा आफुलाई चिनाउन सफल गीतकार राम रेप्चुङ्ग २०६२ साल देखि यस क्षेत्रमा सक्रिय रहेका छन् । गीतकार राम रेप्चुङ्ग राईले अहिले सम्ममा सयौं गीत रचिसकेका छन भने २ सय भन्दाबढी रचनाहरु रेकर्ड पनि भईसकेका छन् । ‘मेरा अन्य गीत जस्तै ‘छाइ देउ तिमी मेरो जीवनमा’ले स्रोता–दर्शकको मन जित्नेमा आफु ढुक्क रहेका रामले बताए ।https://www.youtube.com/watch?v=X_fd5vP3ClE