हेटौडा २४ जेठ । हेटौडा सानो पोखराकी निर्जला अधिकारी महिला निर्देशकको रुपमा रजतपटमा जम्ने सोचमा देखा परेकी छन् । उनले विगतमा चलचित्र अभिमन्यु, आवाज मजदुरको, टेलि चलचित्र अपराध, लौ मार्यो, अग्रजका चित्कारहरु आदिमा अभिनय गरेकी छन् ।
उनि पछिल्लो समयमा अभिनय भन्दा पनि लेखन, निर्देशन प्रति बढी सकृय हुन थालेकी छन् । महिला निर्देशकहरुमा खासै प्रतिस्पर्धा नभएपनि फरक विषय वस्तुमा चलचित्र निर्माण गर्ने तयारीमा उनि जुटेकी छन्् । छोटा चलचित्रहरु निर्देशन गरिसकेकी निर्जलाले छायाँकनको क्रममा रहेको ठूलो पर्दाको चलचित्रमा सह निर्देशकको रुपमा काम गर्ने भएकी छन् ।
झण्डै एक दशकको कला यात्रामा आफुलाई निर्माता भन्नेहरुले प्राय सबै जसोले आस्वासन मात्र दिने, काम नदिने, हुन लागेको काममा पनि तगारो हालि दिने जस्ता अनुभव बटुलेकी निर्जला अधिकारीले निर्देशन गरेकी छोटा चलचित्र मौकाको फाईदा र बाध्यता यतिबेला युट्युबमार्फत चर्चा बटुली रहेको छ । चलचित्र लेखनमा विस्तारै अघि बढिरहेकी निर्जलाको एउटै लक्ष्य भनेको चलचित्र निर्देशन गर्नु रहेको छ ।