Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

‘लेट मी डान्स नेपाल’को ‘सिजन–२’मा विष्णु विजयी ‘फोटो फिचरसहित


काठमाडौं २५ जेठ । ‘लेट मी डान्स नेपाल’ ‘सिजन–२’को उपाधि म्याग्दीकी विष्णु मगरले हात पारेकी छन् । राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित फाईनल कार्यक्रममा ८ प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले तीन लाखसहित अवार्ड, प्रमाण पत्र हात पारेकी हुन् ।
त्रिकाल आर्ट एकेडेमी र मिटिङ प्वईन्ट नेपालको संयुक्त आयोजनामा संचालन भएको ‘लेट मी डान्स नेपाल सिजन–२’को फस्ट रनरअप दाङकी खिमा काउचा मगर हुन सफल भईन् । त्यस्तै, सेकेण्ड रनरअपको उपाधि धादिङ्गका योगेश श्रेष्ठले ५० हजारसहित अन्य पुरस्कार जिते । त्यस्तै, तेस्रो रनरअपको उपाधि ललितपुरका अभिषेक महर्जनले जितेका छन् ।
देशका विभिन्न स्थानमा छरिएर रहेका अनि लुकेर बसेका प्रतिभाहरुलाई एकै ठाउँमा समेटि ती प्रतिभाहरुलाई निखारि बाहिर ल्याउने र राष्ट्रियस्तरमा उनीहरुको प्रतिभा पु¥याउने उद्देश्यले उत्त कार्यक्रमा संचालन ल्याईएको आयोजकले बताएको छ ।
।  ‘लेट मी डान्स नेपाल’ ‘सिजन–२’को फाईनल कार्यक्रम संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । त्यस्तै, अतिथिमा कलाकार बिएस राणा, मिथिला शर्मा, नायक शुशिल क्षेत्रीलगायतको उपस्थिती रहेको थियो ।
यस कार्यक्रमलाई भोड्काले प्रायोजन गरेको छ । ‘भोड्का लेट मी डान्स नेपाल’को दोस्रो संस्करणका विजेताहरुलाई ५ लाख दिईएको आयोजक तथा संस्थाका अध्यक्ष क्षेडुुप लामाले बताए ।
‘लेट मी डान्स नेपाल’को ‘सिजन–२’ मा उत्कृष्ट ५० बाट उत्कृष्ट २५, उत्कृष्ट १५, उत्कृष्ट ११ हुँदै उत्कृष्ट ८ मा फाईनल भएको हो । ‘लेट मी डान्स नेपाल’ प्रतियोगीता ‘सिजान–२’ का जर्जहरु नृत्य निर्देशक जोगेन्द्र केसी, नायिका मेलिना मानन्धर र नृत्य निर्देशक तथा गायक प्रेम लामा रहेका थिए । प्रतियोगीताको फाईनलमा ७० प्रतिशत भोटको आधारमा र बाँकि ३० प्रतिशत जर्जको निर्णयमा भएको थियो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget