भत्तपुर २१, जेठ । भक्तपुर साहित्यिक समाजको नियमित साहित्यिक प्रकाशन ूस्वर्णगजुर अङ्क (२४ स्रष्टा रामशेखर बिशेषाङ्कको साईनिङ स्टुडेन्ट एकेडेमि स्कूल,भक्तपुरमा एक समारोहका बीच लोकार्पण गर्नुहुँदै प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःले हाँस्यब्यङग्य बिधाका चर्चित स्रष्टा रामशेखर नकर्मीले समाज परिवर्तनका लागि पुर्याउनुभएको योगदान अनुकरणीय रहेको चर्चा गर्नुहुँदै रामशेखरको जीवनीसंग सम्वन्धित आलेखहरूको संग्रहसहितको यो बिशेषाङ्क एउटा महत्वपूर्ण एेतिहासिक दस्ताबेज रहने बताउनुभयो ।
समाजका अध्यक्ष राजुराम मुनंकर्मीको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्नुहुँदै अतिथि रामशेखर सहयोग समितिका संयोजक नरेन्द्रभक्त हाडाले पञ्चायत जस्तो निरङ्कुश शासनकालमा पनि जनताको पक्षमा निर्भिक भएर तत्कालिन सत्तालाई जुजु बांला जनता द्यांला ९गरिव देशका धनी राजा० जस्तो चोटिलो प्रहार गर्न सफल वरिष्ठ साहित्यकार,कलाकार एवम् रंगकर्मी स्वर्गीय रामशेखर नकर्मी सधैं अमर रहिरहने बताउनुभयो । मन्तव्यकै क्रममा अतिथि ओमचरण अमात्यले रामशेखर नकर्मीको देहावसानसंगै प्रतिगामी राजनैतिक पद्धति र सामाजिक(सांस्कृतिक बिकृति बिरूद्ध छेड्दै आउनुभएको एउटा सिंगो आन्दालन नै एकाएक अवरूद्ध हुन पुगेको बताउनुभयो ।
त्यसैगरी सिर्जना अभियानका अध्षक्ष धनमान श्रेष्ठले समाजमा महत्वपूर्ण योगदान पुर्याउने स्रष्टाहरूको बारेमा बिशेषाङ्क निकाल्ने परम्परालाई समाजले निरन्तरता दिने बिषयमा आफू बिश्वस्त रहेको बताउनुभया्े । भक्तपुर साहित्यिक समाजले निरन्तर सञ्चालन गर्दं आइरहेको घुमन्ते साहित्यिक श्रृङ्खलाको ५९ औं श्रृङ्खलालाई समेत जोड्दै सोही कार्यक्रममा बिशेषाङ्क भित्र रहेका आफ्ना रचनाहरू वाचन गर्ने क्रममा कवि दिव्य गिरी,मानिकबाबु ग्वंगः,जननीप्रसाद मूल,न्हुछेरत्न बुद्धाचार्य र मुना मौनताको गजल जितन्द्र रसिकले प्रस्तुति गर्नुभया्े ।