समाजले १५ जना आर्थिक विपन्न, पविारल र भूकम्प पिडित, आदिवासी, जनजाती, दलित महिलालाई लक्षित गरी २०७३ फाल्गुण ११ देखि २०७४ असार ६ गतेसम्म सो तालिम संचालन गरेको हो । तालिममा महिलाहरुले निःशुल्क सिप सिक्नुका साथै दैनिक सिलाइमा प्रयोग हुने कपडा लगायत सामग्री प्राप्त गरेका थिए । तालिम अवधिभर सहभागीहरुलाई निःशुल्क खाजाको व्यवस्था गरिएको प्रशिक्षक तारादेवि सिलवालले जानकारी दिइन् ।
यस वर्ष विभिन्न दाताको सहयोगमा ३० जना महिलाहरुलाई सिलाई–कटाई तालिम प्रदान गरी ५ जना विपन्न अपाङ्गता भएका महिलालाई सिलाई कटाई मेसिन पनि प्रदान गरेको छ । साथै सहभागिहरुलाई गाडिभाडा लगायतका सहयोग गरेको समाजका अध्यक्ष शान्तिदिप रेग्मीले जानकारी दिए । साथै काठमाण्डौं महानगरपालिकाको सहयोगमा १० जना महिलाहरुलाई १ महिने सिलाईकटाई तालिम पनि यहि २०७३ चैत्र १ गतेदेखि २०७४ वैशाख १ सम्म एमभान्स सिलाई कटाई तालिम प्रदान गरिएको थियो । तालिम पश्चात तालिममा सहभागीहरु एकदमै खुःशी थिए ।
तालिममा सहभागी सिन्धुपाल्चोककी अंगमाया तामाङ्गले अब सिपको माध्यमबाट स्वरोजगार भई आम्दानीको स्रोत आयआर्जन गरी जिवन निर्वाह गर्ने बताइन् ।